प्रवासको सफलतालाई नेपालसँग जोड्नु आवश्यक : सिपी भट्ट

प्रवासको सफलतालाई नेपालसँग जोड्नु आवश्यक : सिपी भट्ट


बेल्जियमका ब्यवसायीहरु जुर्मुराएका छन् अहिले। उनीहरुको एकसुत्रीय एजेण्डा छ- ‘नेपालप्रति थोरै पनि ममता र कर्तब्य छ भने अब गुनासो गर्न बन्द गरौँ र सामुहिक लगानीमा जुटौं।’

बेल्जियमका ब्यवसायीको यो आह्वानले सिंगो डायस्पोराका ब्यवसायी जुर्मुराएका छन्। संगठित हुने र लगानीको वातावरणको लागि पृष्ठभुमि बन्दै गएको छ।

युरोपका सफल ब्यवसायीहरुको एउटै संगठन वा संजाल बनाउने बहस छेडिएको छ यतिबेला । सामुहिक आयात निर्यातका लागि व्यापारिक सम्बन्धहरु बिस्तार हुने क्रममा अभियान अगाडि बढ्दै छ। गैरआवासीय नेपाली संघ र नेपाली कुटनैतिक निकायहरुले नेपाल लगानी भित्र्याउने क्रममा पहल गरिरहेका छन्। बेनेलक्सको नेपाली दुतावासले देखिने गरी नेपाल लगानी भित्र्याउने सवालमा पहल गरेको छ। अध्यक्ष भट्ट भन्छन्, ‘राजदुत महामहिम लोकबहादुर थापाको उप्रेरणा र सरसल्लाह हाम्रा लागि धेरै महत्वपुर्ण छन्।’

उनी थप्छन, ‘नेपाल लगानी गर्ने यो सकारात्मक समय हो। अतः अहिले हुन गैरहेको ब्यवसायीको अधिवेशन केवल नयाँ नेतृत्व चयनको लागि मात्र नभएर भविष्यमा मुलुक समृद्धिको सहायक बन्न नीति निर्माणको मञ्च पनि हो र यो निकै महत्वपुर्ण छ।’

सन् २००६ मा स्थापित नेपाली ब्यवसायी संघ बेल्जियम २०१५ डिसेम्बरदेखि सीपी भट्टको नेतृत्वमा अगाडि आएको हो, जसले नेपालमा लगानी भित्र्याउन महत्वपुर्ण भूमिका खेलेको छ। यो समितिले गरेका निर्णयहरु मध्ये बेल्जियमका ५ शहरहरुमा विज्ञद्वारा बीमासम्बन्धी तालिम, सेतो कासासम्बन्धी तालिम, ‘टेकवे डट कम’को डाइरेक्टरसंग नेपाली ब्यवसायको कमिसन विनिमय दर रेट घटाउने सम्बन्धको बहस महत्वपुर्ण मानिन्छ।

त्यस्तै यो संगठन नेपाली लगानी भित्र्याउन दुई महत्वपुर्ण प्रोजेक्ट मार्फत अगाडी बढिसकेको छ। नेपालमा भित्रिएको लगानीमध्ये पहिलो लगानी म्याग्दी जिल्लाको रुप्से खोलामा निर्माण हुन लागेको गुल्मी हाइड्रोपावरसँग सहकार्य गर्दै एउटा प्रोजेक्ट अघि बढाइएको छ भने अर्को प्रोजेक्ट नेपालमा युरोपको अत्याधुनिक बायोग्रिन हाउस परियोजनाको खाका तयार भई योजनाले मूर्तता हासिल गरिसकेको छ। जसअन्तर्गत नेपालको लतितपुरको लेले र गोदावरीमा गैरआवासीय नेपाली संघ बेल्जियम र नेपाली ब्यवसायी संघ बेल्जियमको तत्वाधानमा कार्वान्वयन गरिने छ। अधिवेशन, लगानी र ब्यवसायिक गतिविधिबारे अध्यक्ष भट्टसंग गरिएको कुराकानीको भिडियो उपलब्ध छ।