बैंक लुट्न गरिएको आक्रमणमा ब्राजिलमा ११ जनाको मृत्यु

बैंक लुट्न गरिएको आक्रमणमा ब्राजिलमा ११ जनाको मृत्यु


ब्राजिलमा शुक्रबार विहानै दुई बैंक लुट्न गरिएका आक्रमणमा बन्धक बनाइएका पाँचजनासहित ११ जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीलाई उद्धृत गर्दै एएफपीले जनाएअनुसार उत्तरपूर्वी ब्राजिलमा शुक्रबार विहानै भएको उक्त आक्रमणमा ६ जना लुटेराको प्रहरीको गोली लागी मृत्यु भएको छ भने एक बच्चासहित पाँच जना बन्धक बनाइएका व्यक्तिहरूको पनि ज्यान गएको छ ।

सेयरा राज्यको मिलाग्रेस शहरका नगर प्रमुख लियलसन ल्यान्डिजलाई उद्धृत गरी ब्राजिलको रेडियो व्यान्ड न्यूजले पनि यसको पुष्टि गरेको छ । सशस्त्र लुटेराले बैंकमाथि आक्रमण गरी ढालका रूपमा पाँच जनालाई बन्धक बनाएपछि प्रहरीले प्रतिकार गरेको र दोहोरो झडपमा उनीहरूको मृत्यु भएको हो ।