‘व्यापार विवाद रोक्न चीन सकारात्मक’

‘व्यापार विवाद रोक्न चीन सकारात्मक’


अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँगको व्यापार वार्ता सकारात्मक दिशामा अगाडी बढेको बताएका छन् । ट्रम्पले शुक्रबार ट्वीटरमा लेखेका छन्, ‘चीनसँग व्यापारबारे भएको वार्ता कार्यान्वयनको दिशामा चीन निकै सकारात्मक रूपले अगाडी बढिरहेको छ ।’

केही दिन अगाडी चिनियाँ राष्ट्रपति सी चिन पिङसँगको भेटवार्तापछि राष्ट्रपति ट्रम्पले चीन र अमेरिकाबीचको व्यापार विवादको समाधान हुने विश्वास आफुलाई रहेको बताएका थिए । एएफपीका अनुसार अर्जेन्टिनामा भएको सो भेटवार्ताका क्रममा सीले करवृद्धिका योजना तत्काल स्थगन गर्नेगरी अमेरिकासँग भएको व्यापार प्रतिबद्धतालाई पूरा गर्ने प्रतिबद्धता जनाएका थिए ।

अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकी कारमा लाग्दै आएको कर घटाउने र तत्कालै अमेरिकी कृषिजन्य वस्तुको खरिद गर्ने चीनले प्रतिबद्धता व्यक्त गरेको धारणा सार्वजनिक गरेपनि त्यसका बारेमा चीनले आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।

यद्यपि चीनको बाणिज्य मन्त्रालयका एक प्रवक्ताले विहीबार सञ्चारकर्मीसँगको नियमित भेटमा चीनले अर्जेन्टिनामा आफ्ना राष्ट्रपति सी र अमेरिकी राष्ट्रपति ट्रम्पबीच भएको सहमतिलाई कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएका थिए ।