बेल्जियममा नेपाली व्यवसायी

बेल्जियममा नेपाली व्यवसायी


  • मदन दवाडी, बेल्जियम

केही वर्ष अगाडि बेल्जियममा नेपालीहरु श्रमिकका रुपमा कार्यरत थिए । तर अहिले उनीहरु आफ्नै व्यवसायमा व्यस्त छन् । जसले नेपालीहरुको छवि चम्काउनमा उत्तिकै सहयोग पुगेको देखिन्छ।

नेपाली व्यवसायी संघ बेल्जियमले २४६ जना व्यवसायीको तथ्यांक संकलन गरेको र भोलि आईतबार (९ डिसेम्बर २२०१८) का दिन हुन गइरहेको अधिवेसन प्रयोजनका लागि २०१ जना पंजीकृत सदस्य रहेको तथ्यांक संकलन समिति बाट आएको जनाइएको छ। अर्थात्, बेल्जियममा अहिले २४६ परिवारले व्यवसाय गरेर बसेका छन्ज, समा रेस्टुरेन्ट, होटलदेखि लिएर ग्रोसरी सप रहेका छन्।

अब आईतबार चयन हुने नयाँ कार्यसमितिले सबैभन्दा पहिला participatory Management (सहभागितामुलक व्यबस्थापन)को सिद्धान्त अवलम्बन गर्नुपर्दछ। जसले सम्पुर्ण व्यबसायीहरुलाइ संघप्रतिको अपनत्व जगाइ सम्पुर्ण व्यबसायीहरुलार्इ एकजुट बनाइ संघ व्यबसायीहरुको लागि हो, व्यवसायीहरु संघको लागि हो भन्ने भावना जागृत गराउँदछ। जब संघको लक्ष्य नै व्यवसायीहरुको लक्ष्य र व्यवसायीहरुको लक्ष्य नै संघको लक्ष्य हुन जान्छ त्यसपछि नेपाली व्यवसायीहरुले व्यवसाय शुरु र सञ्चालन गर्नको लागि कारोबार गर्नुपर्ने सम्पुर्ण पक्षसँग one door policy (एकद्वार नीति)मा डिल गर्न सक्दछ। निम्न पक्षहरुसँग एकद्वार नीतिमा डिल गर्न सकिन्छ।

बीमा (Verzekeringen):

सामन्यतया यदि तपाँइले घरको, सवारी साधनको र व्यसायको एकै ठाउँबाट बीमा गर्नु भयो भने बीमा कम्पनीले १० प्रतिशत छुट दिन्छ । अब सोच्नुस २०० जना व्यबसायीले एकै ठाउँबाट घर, सवारी साधन र व्यवसायको बीमा गरियो भने कति छुट देला ? बीमाको कामको लागि तपाईं अफिससम्म जान पर्दैन फोन वा इमेलबाट सम्पुर्ण कारोबार गर्न सकिन्छ। आवश्यक परेमा एजेन्ट हाम्रो घरमा नै आउँछ त्यसैले सम्पुर्ण बेल्जियमभरिको व्यवसायीको एउटै कम्पनीसँग बीमा गर्न सकिन्छ।

छुटको मात्रै कुरा भएन बीमा कम्पनीहरुले आवश्यक सुचना नदिने, फाइल समयमा नबनाइदिने, दिन मिल्ने क्षतीपुर्ती पनि मिल्दैन भनिदिने लगायत विभिन्न किसिमले दुःख दिइरहेको हुन्छ। यस्तो अवस्थामा एकजनाको समस्या नभइकन २०० जनाकै समस्या हो भनेर डिल गरियो भने पक्कै पनि उसले लापर्वाही गर्ने छैन।

कतिपय व्यवसायीमा भाषाको समस्या, कानुनी ज्ञानको अभाव, र बीमितको कर्तब्य तथा अधिकारको बारेमा जानाकारी नहुँदा वा यि सबै बुझ्नको लागि समय अभाव हुँदा कतिपय साथीहरुमा अन्योलता भएको पाइन्छ। यसको लागि हाम्रै नेपाली समुदायका कतिपय भाइबहिनीले यसै विषयमा अध्ययन गरेका छन् । हामी यदि सबै व्यपारी एउटै कम्पनीमा आबद्ध भयौँ भने इन्सुरेन्स कम्पनीमा काम गर्नयोग्य हाम्रो समुदायको कसैलार्इ रोजगारी उपलब्ध गराइदिनको लागि gentleman agrement (भद्र सहमती) गर्न सकिने सम्भावना पनि हुन्छ । अर्थशास्त्रमा स्नातक गरेर सम्बन्धित क्षेत्रमा १ वर्षको अनुभव भएमा बेल्जियममा बीमा एजेन्ट बनेर काम गर्न पाइन्छ। पंक्तिकार पनि करिब ५-६ वर्ष पहिला यसै बारेमा बुझ्न wommelgem मा रहेको FVF (Federatie voor Verzekerings- en financiële tussenpersonen) गएको थिएँ । मेरो नेपालको मास्टरलार्इ यहाँको master in TEW (toegepaste economic wetenschap) मा equivalent भएकाले शैक्षिक योग्यता भएको तर कार्य अनुभव नभएको भनेर दिएन र १ वर्ष त्यहाँ स्वयंसेवको रुपमा काम गरेमा पाउने बताइएको थियो, तर मेरो त्यतिखेर एक वर्ष बिना आम्दानी काम गर्ने स्थिति थिएन र नकारेको थिएँ।

त्यसैले हाम्रा समुदायको धेरै भाइबहिनीहरुले अर्थशास्त्रमा स्नातक गरेका छन् । उनीहरुमध्य एकलार्इ रोजगारीको अवसर दिलाउन सकियो भने भाषाको समस्या, कानुनी ज्ञान र कर्तब्य तथा अधिकारको ज्ञानले आइपर्ने विभिन्न समस्या सामाधान हुन्छ।

नोटरी तथा लेखापाल (Notaris en Boekhouder):

बीमापछिको अर्को समस्या हो बुकहाउदर । समयमा काम नगरिदिने त्यसवापत आउने क्षतिपुर्ति आफैले तिर्नुपर्ने। बिलहरु हराइदिने, आम्दानीमा खर्चमा गल्ती गरिदिने, दिनुपर्ने सुचना नदिने जस्ता कारणले बुकहाउदर परिवर्तन गरेमा फाइल बिगारिदिने आदि कारणले दुःख दिइरहेको हुन्छ। यदि हामी एउटा शहरमा रहेका सम्पुर्ण व्यवसायीहरुले एउटै बुकहाउदरसँग काम गरियो भने हाम्रो बार्गेनिङ क्षमता बढ्नुको साथै भारी छुटमा काम लगाउन सकिन्छ।

यस्तैगरी हाम्रो समुदायका भाइबहिनीहरुले बुकहाउदर (एकाउन्टेन्ट)सम्बन्धी पढेका छन्। हामी मास रुपमा कुनै एउटा बुकहाउदरको ग्राहक बनियो भने योग्यता पुगेको कसैलार्इ रोजगारी उपलब्ध गराइदिनको लागि भद्र सहमति गर्न सक्ने सम्भावना पनि रहन्छ।

बुकहाउदर जस्तै नोटरिससँग पनि डिल गर्न सकिन्छ। नोटरिसको काममा चाहिँ छुटको सम्भावना कम हुन्छ तर सबैले एउटै नोटारिससँग काम गरियो भने अन्य विभिन्न सुविधा हुन सक्छ।

सप्लाएर्स (leverancier):

अहिले हामीले फरक फरक सप्लाएर्ससँग सामान आपुर्ती गराइराखेका छौँ । तिनीहरुले ५००€ माथि छुट्टै छुट प्रतिसत, १००० € माथि छुट्टै छुट प्रतिसत, १५००€ माथि छुट्टै छुट प्रतिसत दिइराखेका हुन्छन् । यदि सबै ब्यवसायी एउटै बनेर सप्लाइ गराइयो भने सोच्नुस् कति प्रतिसत छुट देला ?

रेस्टुरेण्ट व्यवसायीहरुको लागि Takeaway.com:

Takeaway.com ले उसको माध्यमबाट अर्डर गर्दा १३ प्रतिशत कमिसन + भ्याट र प्रति अर्डर १९ सेन्ट लिने गर्दछ। यसले कमिसनबापत प्रतिरेस्टुरेण्ट औसतमा १५०० € प्रतिमहिना कमिसन लगिराखेको छ। मानौँ हाम्रो समुदायमा १०० रेस्टुरेण्ट छ भने १५०००० € (एकलाख पचास हजार युरो) प्रतिमहिना र वर्षमा १८००००० € (अठार लाख युरो) लैजान्छ जुन ठुलो रकम हो। उसले हाम्रो हरेक रेस्टुरेण्टको नाममा छुट्टै वेबसाइट बनाएको छ र त्यसमा गुगल एडवोर्डस (google Adwords) गरिदिन्छ जसलार्इ search engine optimisation (SEO) पनि भनिन्छ। जसले गर्दा कसैले गुगलमा हाम्रो रेस्टुरेण्ट सर्च गर्यो भने उसले बनाएको वेबसाइट पहिला आँउछ, उ मार्फत अर्डर आउँछ अनि उसले कमिसन खान्छ। हुन त उसको एप्प पनि छ तर मैले मेरो रेस्टुरेण्टको चाँहि गुगल इनसाइट (google insight) हेर्दा ७० प्रतिसत भिजिट डेक्सटपबाट हुने रहेछ। त्यसको मत्लब धेरै अर्डर एप्पबाट नभइ गुगल सर्चबाट नै हुने रहेछ भन्ने बुझियो।

यसको लागि हामी सबैले मिलेर एक सामुहिक वेबसाइट बनाउने जसमा सबै रेस्टुरेण्टको नाम लिस्टमा राख्न सकिन्छ, कस्टमरले त्यो नाममा क्लिक गरेपछि रेस्टुरेण्टको आधिकारिक वेबसाइटमा जाने बनाउन सकिन्छ र त्यसलार्इ google Adwords (search engine optimisation) गराएर गुगलमा सबैभन्दा पहिला आउने बनाउन सकिन्छ। अनि उसले जस्तै एप्प बनाउने सुरुमा एप्पको माध्यमबाट आउने अर्डरहरुलाई केहि छुट दिएर ग्राहक आकर्षित गर्न सकिन्छ र takeaway. com लार्इ विस्तारै प्रतिस्थापन गराउन सकिन्छ।

यसमा केही जोखिम पनि हुन सक्छ। सामान्य मान्छेले ‘one bird in the hand is worth two in the bush’ अर्थात हातमा भएको एउटा चरो झाडिमा भएको दुइटा चराभन्दा मुल्यवान हुन्छ भनेर सोच्दछ। यसको अर्थ जे छ त्यसमा चित्त बुझाउ भन्ने हो । तर हामी व्यवसायीले त्यसरी सोच्नु हुँदैन हातको एउटा चरा छोडेर झाडीको दुइटा चरा समाउन सक्ने सम्भावना छ भने त्यसलाइ रोज्नु पर्दछ। हुन सक्छ हातको पनि उम्कने झाडीको पनि समात्न नसक्ने। no risk no gain भनेजस्तै जोखिम नलिएसम्म प्रगति हुँदैन।

रोजगार एजेन्सी (interim (uitzend) Kantoor):

Horeca को सबैभन्दा समस्या कहिले एकदमै ब्यस्त भइदिने कहिले केही पनि काम नै नहुने। हामी साना ब्यवसायीहरुले मौदुजा कामदार राखेर बस्न पनि सकिन्न र भनेको बेला उतिखेरै कामदार पाउन आफ्नो सम्पर्कमा नहुन सक्छ। त्यति मात्र होइन कतिले काम शुरु गर्नुभन्दा केही समय पहिला मात्रै काममा आउन नसक्ने भनिदिन्छन् । यसको लागि व्यवसायी संघले कुनै एक uitzend kantoor सँग सहमति गर्न सक्छ जसबाट हामीलार्इ आवश्यक कामदार चाहिएको बेला मगाउन सकिन्छ। त्यस्तै उनीहरुको विभिन्न कम्पनीहरु ग्राहक हुने भएकाले हाम्रो समुदायका ब्यक्तिहरुलार्इ पनि योग्यता क्षमताअनुसारको काम उपलब्ध गराइदिनको लागि अनुरोध गर्न सकिन्छ। ठुला ठुला uitzend kantoor मा भाषाको समस्या हुनेहरुको लागि फरक फरक भाषा बोल्ने कर्मचारीहरु राखिएको हुन्छ। हाम्रो समुदायको पनि कुनै योग्य व्यक्तिलार्इ रोजगार उपलब्ध गराइदिन भद्र सहमति गर्न सकिन्छ।

colryt, Hanos, metro लगायतको अन्य कतिपय सुपर मार्केटहरुले वर्षभरिमा खरिद गरेको रकमको आधारमा छुट दिन्छ। अहिले हामी हरेक व्यवसायी छुट्टाछुट्टै खरिद गरिरहेका छौँ त्यसैले पाउने अधिकतमा छुटमा पुग्न सकेका छैनौँ । यसको लागि व्यवसायिक संघमा आबद्ध सबै व्यसायीले गर्ने खरिदको पइन्ट एउटै हुनेगरि डिल गरियो भने हामिले अधिकतम छुट पाइने छ।

भाषाको ज्ञान, कानुनी ज्ञान तथा अन्य विभिन्न क्षत्रमा ज्ञान भएको हाम्रै समुदायको व्यक्तिहरुको दक्ष टिम गठन गरी व्यवसायीहरुलाइ पर्ने विभिन्न समस्याको सामाधान दक्ष टोलीसँगको सम्पर्क र सूचनामा गर्न पहल गर्ने।

voeding inspectie, arbeider inspectie,BTW inspectie हुँदा सूचनाको अभाव वा अन्य कुनै अन्योलताले हुने समस्या समाधानको लागि विभिन्न कार्यसाला (workshop) गर्दै जाने गरियो भने बेल्जियममा भयका नेपाली व्यवसायीहरुको प्रगतिमा थप टेवा पुग्ने देखिन्छ। यसतर्फ सबै लाग्नु जरुरी रहेको छ।

(नेपालमा स्नातक लेभलका लेक्चर समेत रहेका दवाडी आइतबार हुने ब्यवसायी संघ बेल्जियमको महासचिव पदका दाबेदार हुन्।)