लोकतान्त्रिक फोरमको व्यवस्थापन गर्न समिति गठन

लोकतान्त्रिक फोरमको व्यवस्थापन गर्न समिति गठन


नेपाली काङ्ग्रेसले तत्कालीन नेपाल लोकतान्त्रिक फोरमसँग एकता गर्दा भएको सहमतिअनुरुप पार्टीगत संरचना एवं भ्रातृ र शुभेच्छुक सङ्घसंस्थाको समायोजनसम्बन्धी आवश्यक कार्य गरी प्रतिवेदन पेश गर्र्न गठित समिति विस्तार गरेको छ ।

काङ्ग्रेसले सो कार्यका लागि गत कात्तिक २० गतेको पार्टीका उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा पाँच सदस्यीय समायोजन समिति गठन गर्ने निर्णय गरेको थियो । समितिको सदस्यहरुमा शुक्रबार उपसभापति विजयकुमार गच्छदार, केन्द्रीय सदस्यद्वय महेश आचार्य र दिपक गिरीलाई मनोनयन गरिएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

काङ्ग्रेसले पार्टीको साङ्गठनिक संरचनामा लोकतान्त्रिक फोरमको समायोजनसम्बन्धी आवश्यक कार्य गरी केन्द्रीय कार्यसमिति बैठकमा प्रतिवेदन पेश गर्न सो समिति गठन गरेको हो ।

विसं २०७४ असोज २९ गते नेता गच्छदारले नेतृत्व गर्नु भएको तत्कालीन लोकतान्त्रिक फोरम पार्टी काङ्ग्रेससँग एकता गर्दा नै उक्त सहमति गठन भएको थियो ।