विकलाङ्गलाई ह्वीलचियर उपलब्ध गराउन करार सम्झौता

विकलाङ्गलाई ह्वीलचियर उपलब्ध गराउन करार सम्झौता


शारीरिक अपाङ्गता भएका नेपाली दाजुभाइ दिदीबहिनीका लागि जीवन सहज तुल्याउन आवश्यक पर्ने ह्वीलचियर उपलब्ध गराएर परोपकार गर्दै आएका एनआरएन अगुवा कपिलदेव थापाको सक्रियतामा जापानबाट थप ह्वीलचियर उपलब्ध गराउने सम्बन्धी करार सम्झौता गरिएको छ ।

एनआरएनए जापानको टोकियोस्थित कार्यालयमा कार्यसमितिका सदस्यहरूको रोहवरमा शुक्रबार एनआरएनए राष्ट्रिय समन्वय परिषद (जापान) र एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदबीच करार सम्झौता भएको हो । शारीरिक रूपमा अशक्त, अपाड्गता भएका नेपालवासी दाजुभाइ दिदीबहिनीलाई एनआरएनए जापानबाट आवश्यक ह्वीलचियर उपलब्ध गराउने विषयमा एनआरएनए (जापान)का अध्यक्ष टाशी वाङ्दी लामा र अन्तर्राष्ट्रिय समन्वय परिषदका संयोजक कपिलदेव थापाबीच करार सम्झौता भएको हो ।

सम्झौतानुसार आवश्यक मागबमोजिम ह्वीलचियर उपलब्ध गराइने र उपलब्ध ह्वीलचियर एनआरएन जापानले नेपालमा सेवाग्राहीसम्म पुर्याउने कार्य गरिने एनआरएनए आईसीसी मानवीय कल्याणकारी सहयोग समितिका संयोजक कपिलदेव थापाले जानकारी दिएका छन् ।

यसैक्रममा काठमाडौंको नयाँ बानेश्वरस्थित टोपा इण्टरनेशनल एजुकेशन सेन्टरबाट सन् २००१ देखि हालसम्म जापान पुगेर जापानीज भाषाको अध्ययनपछि सेम्मोनगाक्को अर्थात जापानिज विश्व विद्यालयमा पढाई सकेर विविध कारणले नेपाल फर्किएका नेपाली विद्यार्थीलाई पुनः जापान गई अध्ययन गर्ने तथा जापानमा हुँदा पढेको विषयसँग सम्बन्धित काम (रोजगारी) गर्ने अवसर मिल्ने जनाइएको छ । यसका लागि सम्बन्धित विद्यार्थीले टेलिफोन नंबर ४७८५१६२ मा सम्पर्क गर्न टोपा इण्टरनेशनल एजुकेशन सेन्टरले आग्रह गरेको छ ।