सलमान सर्वाधिक धनी भारतीय सेलेब्रिटी

सलमान सर्वाधिक धनी भारतीय सेलेब्रिटी


बलिउड सुपरस्टार सलमान खान सबैभन्दा धनी भारतीय सेलेब्रिटी बनेका छन् । फोब्र्स इन्डिया सेलेब्रिटीका अनुसार सलमान १०० सेलेब्रिटीजको सूचीमा शीर्ष स्थानमा रहेको जनाएको छ । शाहरुख खान यो सूचीमा शीर्ष १० स्थानबाट पनि तल झरेका छन् ।

सन २०१८ फोब्र्स इन्डिया सेलेब्रिटी १०० को लिस्ट मनोरञ्जन क्षेत्रका कलाकारहरूको सो वर्ष अनुमानित कमाइ गरेको आधारमा मूल्यांकन गरिन्छ । यसको लागि विचाराधीन अवधि १ अक्टुबर २०१७ देखि ३० सेप्टेम्बर २०१८ सम्म थियो ।

यो अवधिमा ५२ वर्षीय सुपरस्टार सलमान खानको फिल्म ‘टाइगर जिन्दा है, रेस ३, टीबी प्रोग्राम र विज्ञापनबाट कमाएको रकमको आधार बनाइएको थियो । यो अवधिमा शीर्ष १०० भित्र रहेका सेलेब्रिटीले कुल ३,१४,०२५ करोड भारतीय रुपैयाँ थियो । जसको ८.०६ प्रतिशत (२५३.२५ करोड) एक्लै सलमानले कमाएका थिए । यही सर्वाधिक कमाइका आधारमा सलमान यो वर्ष शीर्ष स्थानमा रहेका हुन् ।

सलमानपछि दोस्रो नम्बरमा भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली रहेका छन् । कोहलीले यो अवधिमा २२८.०९ करोड भारतीय रुपैयाँ कमाउन सफल भएका छन् ।