भ्रष्टाचार मुद्दामा बोहरालाई सर्वोच्चको क्लिनचिट

भ्रष्टाचार मुद्दामा बोहरालाई सर्वोच्चको क्लिनचिट


सर्वोच्च अदालतले पूर्वप्रहरी महानिरीक्षक मोतीलाल बोहरालाई भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ । भ्रष्टाचार गरी अवैध सम्पत्ति आर्जन गरेको अभियोग लागेका बोहरालाई सर्वोच्च अदालतका न्यायाधीशद्वय शारदाप्रसाद घिमिरे र पुरुषोत्तम भण्डारीको इजलासले विशेष अदालतको फैसला उल्ट्याउँदै भ्रष्टाचार मुद्दामा बिहीबार सफाइ दिएको हो ।

बोहरालाई विशेष अदालतले चैत ०६८ मा २६ लाख ८३ हजार अवैध आम्दानी देखिएको भन्दै सोबराबरको बिगो जरिवाना र १ वर्ष कैद सजाय सुनाएको थियो । विशेषको उक्त मुद्दाको पुनरावेदन माग गर्दै बोहरा २९ मंसिर ०६९ मा सर्वोच्च गएका थिए ।

कलाकार मिथिला शर्माका श्रीमान रहेका बोहरा ०४९ देखि ०५३ सम्म प्रहरी महानिरीक्षक रहेका थिए ।