शिक्षकले गाली गरेको भन्दै आत्महत्या

शिक्षकले गाली गरेको भन्दै आत्महत्या


भारतको राजधानी नयाँदिल्लीमा कक्षा ७ मा अध्ययन गर्ने एकजना छात्राले शिक्षकले गालीगलौज गरेको भन्दै आत्महत्या गरेकी छिन् ।

नयाँदिल्लीको इन्द्रपुरी क्षेत्रकी ती छात्राले आत्महत्याको कारण खुलाउँदै एउटा पत्रसमेत लेखेको प्रहरीले जनाएको छ ।

छात्राका अभिभावकका अनुसार शिक्षकले ती छात्रालाई पटकपटक गाली गर्ने गरेका थिए । प्रहरीले उक्त घटनाका सम्बन्धमा छानबिन शुरु गरेको छ ।