बैंकबाट झिकेको सात लाख लुटियो

बैंकबाट झिकेको सात लाख लुटियो


अज्ञात समूहले सिरहाको धनगढीमाई नगरपालिका–१० स्थित उग्रचण्डी पेट्रोलपम्प नजिकै एकजनामाथि लुटपाट गरेका छन् । गोलबजारस्थित ज्योति विकास बैंकबाट रकम झिकेर बा.५५प ४३५५ नम्बरको मोटरसाइकल चढेर आइरहेका धनगढीमाई नगरपालिका–१० निवासी २३ वर्षीय चितकुमार कामैतसँग रहेको नगद रु. सात लाख लुटिएको हो ।

गोलबजारबाट लहानतर्फ आउने क्रममा अनटेस्ट लेखेको रातो रङको अपाची मोटरसाइकलमा आएका अपरचित दुई व्यक्तिले झोलामा रहेको उक्त नगद लुटेर फरार भएको प्रहरीले जनाएको छ । लुटपाट गर्नेको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।