१६ प्रतिशत लाभांश बाँड्दै ग्लोबल आइएमई

१६ प्रतिशत लाभांश बाँड्दै ग्लोबल आइएमई


ग्लोबल आइएमई बैंकले आ.व. ०७४/७५ मा २ अर्र्ब १० करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंक संचालक समितिको मिति २०७५/०८/१८ को ३०७औँ बैठकले नेपाल राष्ट्र बैंक तथा बैंकको वार्षिक साधारण सभाको स्वीकृति पश्चात आ.व. ०७४/७५ को वितरणयोग्य मुनाफा समेतबाट आफ्ना शेयरधनीलाई १६ प्रतिशत लाभांश (बोनश शेयर) वितरण गर्ने प्रस्ताव पारित गरेको बताइएको छ ।

बोनश शेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी १० अर्ब ३१ करोड रुपैयाँ पुग्ने उल्लेख गर्दै सो बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ सेवामार्फत आफ्ना ग्राहकमाझ सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।

ग्लोबल आईएमई बैंकले भारत, अष्ट्रेलिय र बेलायतमा प्रतिनिध कार्यालय खोली कार्य गर्दै आएको छ । ११३ अर्ब निक्षेप, १०२ अर्व कर्जा लगानी रहेको बैंकको हाल १३२ वटा शाखाहरु, १५ वटा राजश्व संकलन काउण्टर, १४१ एटिएम, ६ वटा एक्सटेन्सन काउण्टर तथा १०४ शाखा रहित बैंकिङ सेवा र देशबाहिर ३ प्रतिनिधि÷सम्पर्क कार्यालय रहेका छन् ।