मदन भण्डारी स्मृति रोडरेस फागुनमा

मदन भण्डारी स्मृति रोडरेस फागुनमा


रन क्लब नेपाल र मदन भण्डारी स्पोर्टस् एकेडेमीको संयुक्त आयोजनामा प्रथम मदन भण्डारी स्मृति रोडरेस फागुन १८ गते हुने भएको छ ।

प्रतियोगितामा स्वदेशी तथा विदेशी गरी करिब पाँच हजारको सहभागिता रहने आयोजक क्लबका अध्यक्ष सन्तोष श्रेष्ठले जनाएका छन् । अध्यक्ष श्रेष्ठका अनुसार पुरस्कार राशि ५ लाख रुपैयाँ रहेको छ ।

प्रतियोगितामा दक्षिण एसियाली खेलकुदका कीर्तिमानी धावक वैकुण्ठ मानन्धर र नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका धावक जितबहादुर केसीको पनि सहभागिता रहने बताइएको छ ।