सिंहदरबार बलात्कारी र भ्रष्टाचारीहरुको अड्डा हो : नेकपा प्रवक्ता

सिंहदरबार बलात्कारी र भ्रष्टाचारीहरुको अड्डा हो : नेकपा प्रवक्ता


नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता खड्गबहादुर बिश्वकर्मा प्रकाण्डले सिंहदरबार बलात्कारी र भ्रष्टाचारीहरुलाई संरक्षण गर्ने र त्यसका मतियारहरुको अड्डा रहेको आरोप लाएका छन् ।

उनले बुधबार कालिकोट शक्ति प्रदर्शनलगत्तै आयोजना गरिएको जनसभालाई सम्बोधन गर्दै आफ्नो पार्टीले मुलुकभर रहेका त्यस्ता भ्रष्टाचारी र बलात्कारीलाई निशान बनाउने बताए । ‘अब हाम्रो पहिलो निशाना नै भ्रष्टाचारी र बलात्कारी हुनेछन्,’ उनले भने, ‘अहिलेको सरकार र सिंहदरबार बलात्कारी र भ्रष्टाचारी संरक्षण गर्ने अड्डा हो ।’ उनले सरकार स्वय‌ं अपराधीहरुको मतियार बनेको आरोप लगाउँदै अब अपराधीहरुलाई अब नेकपाले जनकारबाही गर्ने दाबी गरे ।

जनसभामा जिल्लाका ९ वटै स्थानीय तहबाट हजारौँ नेता तथा कार्यकर्ताहरु सहभागी थिए ।