काठमाडौंमा आज यो वर्षकै अत्याधिक जाडो

काठमाडौंमा आज यो वर्षकै अत्याधिक जाडो


काठमाडौं उपत्यकामा आज यस वर्षकै अत्याधिक जाडो छ । मौसमविदका अनुसार जाडो अझै बढ्दै जानेछ ।

आज बिहान साढे ६ बजेको रेकर्डअनुसार काठमाडौंको न्युनतम तापक्रम ५.६ डिग्री सेल्सियस पुगेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद गंगा नगरकोटीले घटना र बिचारलाई जानकारी दिइन् । ‘आज बिहान साढे ६ बजेको तापक्रम यो वर्षमा अहिलेसम्मको कम हो ।’ उनि भन्छिन्, ‘तापक्रम अझै घट्ने र जाडो बढ्ने क्रम जारी रहन्छ ।’

मौसमविदका अनुसार उच्च हिमाली भागमा हिमपात हुने र मध्य र पश्चिम पहाडका उच्च भागका केही स्थानमा हल्का पानी पर्ने सम्भावना छ ।