प्रशान्त महासागरमा ७.५ रेक्टरको भूकम्प, तटीय द्वीपमा सुनामीको चेतावनी

प्रशान्त महासागरमा ७.५ रेक्टरको भूकम्प, तटीय द्वीपमा सुनामीको चेतावनी


न्यु क्यालेडोनियानजिकै दक्षिण प्रशान्त महासागरमा बुधबार ७.५ म्याग्निच्युडको भूकम्प गएको छ ।

सो भूकम्पपछि नजिकै रहेको द्वीपहरूमा सुनामीको चेतावनी दिइएको सम्बन्धित अधिकारीहरूले जानकारी दिएका छन् ।

प्रशान्त महासागरीय सुनामी चेतावनी केन्द्रअनुसार न्यु क्यालेडोनिया र भानुआटुका केही तटीय इलाकामा १ देखि ३ मिटरसम्मका अग्ला छालहरू आउने अनुमान गरिएको छ । फिजीमा समेत तीन मिटरसम्मको सामुद्रिक छाल आउन सक्ने अनुमान गरिएको छ ।

सुनामी चेतावनी केन्द्रले हवाईमा भने सुनामीको सूचना जारी गरेको छैन । यस शक्तिशाली भूकम्पपछि पाँचपटकसम्म ५.६ र ६.० को परकम्पन आएका थिए ।

अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (यूएसजीएस)का अनुसार यस भूकम्पको केन्द्रबिन्दु न्यु क्यालेडोनियाबाट १६८ किलोमिटर पूर्वी १० किलोमिटर गहिराइका रहेको छ । न्यु क्यालेडोनियामा बारम्बार भूकम्पको प्रकोपले सताउने देशहरूको सूचीमा पर्दछ ।