डुंगा दुर्घटनामा १५ आप्रवासी डुबे

डुंगा दुर्घटनामा १५ आप्रवासी डुबे


लिबियाको राजधानी त्रिपोलीबाट २५० किलोमिटर पूर्वमा पर्ने सहर मसुरतामा एक जलक्षेत्रमा भएको डुंगा दुर्घटनामा १५ जना आप्रवासीको मृत्यु भएको छ ।

गैरकानुनी रूपमा सो जलक्षेत्रमा आएका ती आप्रवासीको दुर्घटनामा मृत्यु भएको ‘द लिबयान रेड क्रिसेन्ट’ले जानकारी दिएको छ ।

एउटा रबर–निर्मित डुंगामा गैरकानुनी रूपमा सवार २५ जना आप्रवासीमध्ये १५ जनाको डुबेर मृत्यु भएको छ भने अन्य १० जनाको उद्धार गरिएको लेबनान रेड क्रिसेन्टका प्रवक्ताले बताए ।

हजारौँ आप्रवासी गैरकानुनी रूपमा भूमध्यसागर हँुदै लिबियाबाट युरोेप पुग्ने गरेका छन् ।