तपाईंको यो साता (राशिफल, मंसिर १९-२५, ०७५)

तपाईंको यो साता (राशिफल, मंसिर १९-२५, ०७५)


ज्यो.पं. नारायणप्रसाद दुलाल

मेष
सामाजिक काममा मरिहत्ते गरी खट्दासमेत चाहेको परिणाम नआउनाले दिक्क लाग्नेछ, तर अन्त्यमा प्रतिष्ठा प्राप्त हुने देखिन्छ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ । धार्मिक, सामाजिक महत्त्वको क्षेत्रमा भ्रमण हुनसक्छ । यो साताका लागि शुभअङ्क १,३ र शुभरङ्ग पहेंलो वा रातो हो । कुनै शुभकर्म गर्नु महासरस्वतीको दर्शनगरी आरम्भ गर्दा लाभ मिल्नेछ ।

वृष
दूरदराजमा रहेको स्थान अथवा विदेशबाट राम्रो समाचार प्राप्त हुनेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । पुराना साथीभाइसित भेटघाट र रामरमाइलो गरिने छ । सोच्दै नसोचेको धन प्राप्त हुनसक्छ । साझेदार वा सहयोगीको सङ्गतले फाइदा हुने काम गरिनेछ । यो साताका लागि शुभअङ्क २,८ र शुभरङ्ग आकासे वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको दर्शनगरी आरम्भ गर्दा शुभफल मिल्नेछ ।

मिथुन
यो सातामा रमाइलो यात्राको योग रहेको छ । बिद्या तथा प्रतिष्पर्धामा अरुदिनहरू भन्दा राम्रो प्रगति गर्न सकिनेछ । पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ । नसोचेको ठाउँबाट धनागम हुनेछ । सोमवारबाट राज्यबाट दण्ड तथा जरिवाना हुँन सक्छ काम गर्दा सजक भएर गर्नुहोला । यो साताका लागि शुभअङ्क ३,७ र शुभरङ्ग हरियो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

कर्कट
कडा मिहिनेत र लगशीलतापछि गरिएको कामबाट लाभ हुने सम्भावना छ । दीर्घकालिक योजना कार्यान्वयन गर्न वा दूरगामी प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी गर्नु राम्रो हुन्छ । साताको पहिलोदिनबाट आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्नेछ । नयाँ काम वा रोजगारको अवसर मिल्नेछ । यो साताका लागि शुभअङ्क ४,६ र शुभरङ्ग सेतो हो । शुभकर्म गर्नु महादेवको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

सिंह
नयाँ कार्यबाट पर्याप्त लाभ लिन सकिनेछ । सभा–सेमिनारमा सहभागी हुने अवसर प्राप्त होला । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । विशेष यज्ञयज्ञादि तथा धार्मिक कृत्यमा सहभागीको अवसर पनि मिल्नेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । यो साताका लागि शुभअङ्क ५,८ र शुभरङ्ग सुन्तला हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीको दर्शनगरी आरम्भ कार्य गर्दा सफलता मिल्नेछ ।

कन्या
राज्यस्तरबाट लोभ लाग्दा अवसर प्राप्त हुने सम्भावना छ । विभिन्न कार्यक्रममा नेतृत्वदायक भूमिका निर्वाह गर्न पाइनेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । हराएको आत्मविश्वास जाग्नेछ । यो साताका लागि शुभअङ्क १,६ र शुभरङ्ग हरियो वा सिन्दूरे हो । कुनै शुभकर्म गर्नु पूर्व माता बगलामुखीको दर्शनगरी आरम्भ अधिक गर्दा लाभ हुनेछ ।

तुला
धर्म,कर्म तथा समाजसेवामा मनलाग्नेछ । प्राविधिक काममा सफलता प्राप्त हुनेछ । आँटेको र ताकेको कार्य पुरा हुनेछ । व्यापार तथा सेयर कारोबारमा रुचि बढ्नेछ । साताको अन्त्यमा कुरा काट्नेहरू तपार्इंको कमजोरी पहिल्याएर षड्यन्त्र गर्दैछन् । हेक्का राखी विचार आदान–प्रदान गर्नुहोला । यो साताका लागि शुभअङ्क २,६ र शुभरङ्ग सेतो वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको दर्शन गरी आरम्भ गर्दा शुभफल प्राप्त हुनेछ ।

वृश्चिक
मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । सवारी साधन हाँक्दा अपनाएको सचेतताका कारण चोटपटकबाट जोगिनु हुनेछ । सङ्कटको सामना गर्दै उपलब्धी हासिल गर्नु पर्नेछ । साताको पहिलोदिनबाट आँटेको र ताकेको कार्य पुरा होला । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुनेछ । यो साताका लागि शुभअङ्क ३,५ र शुभरङ्ग वैजनी वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि नवग्रहको स्मरण गरि गरेको कार्यबाट सफलता मिल्नेछ ।

धनु
नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । तपाईंको लगनशिलतालाई भित्रभित्रै मन पराइएको अवस्था छ । प्रेम प्रस्तावसमेत प्राप्त हुनसक्छ । अभिभावकको सुझाव मुताबिक निर्णय लिनुमै आफ्नो कल्याण छ । कर्मचारीवर्गका निम्ति अन्य नयाँ अवसर जुट्ने सम्भावना छ । यो साताका लागि शुभअङ्क २,९ र शुभरङ्ग सुन्तलारङ्ग वा रातो हो । कुनै शुभकर्म गर्नु अघि आफ्नो मान्यजनको आशीर्वाद लिएर कार्य गर्नाले अधिक सफलता मिल्नेछ ।

मकर
लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । सोचेको आटेको काममा फाइदा मिल्नेछ । बोलीको प्रभाव पनि बढ्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । कसैकसैको प्रेमसम्बन्धले विवाहको रूप लिनेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । यो साताका लागि शुभअङ्क ६,९ र शुभरङ्ग पहेंलो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व गणेशजीको ध्यान गरी कार्य आरम्भ गर्दा शुभफल प्राप्त हुनेछ ।

कुम्भ
मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने अवसर मिल्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । साताको अन्त्यमा शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । साझेदारी काममा उल्झन आउनेछ । यो साताका लागि शुभअङ्क १,७ र शुभरङ्ग नीलो वा हरियो हो । शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महाँकालीजीको स्मरणगरी आरम्भ गर्दा अधिक शुभफल प्राप्त हुनेछ ।

मीन
सामाजिक मान–प्रतिष्ठा कायम राख्न गोपनियतामा ध्यान पुर्‍याउनुहोला । अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला । साताको अन्त्यबाट अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । परिवारका सदस्यहरूसहित मांगलिक कार्यमा उपस्थिति भइनेछ । यो साताका लागि शुभअङ्क ९ र शुभरङ्ग सेतो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व मृत्युञ्जयाय भगवानको ध्यान गरी आरम्भ गर्दा लाभ मिल्नेछ ।