मार्सल आर्टस् वर्ल्ड च्याम्पियनसिप नेपालमा हुने

मार्सल आर्टस् वर्ल्ड च्याम्पियनसिप नेपालमा हुने


आठौँ अन्तर्राष्ट्रिय मार्सल आर्टस् गेम्स वर्ल्ड च्याम्पियनसिप नेपालमा हुने भएको छ । विश्वका विभिन्न राष्ट्रको सहभागिता रहने विश्व च्याम्पियनसिपको आयोजना गर्ने अवसर नेपालले पाएको हो ।

गत नोभेम्बर १० देखि १४ सम्म उत्तर कोरियाको पेङयाङमा भएकोे अन्तर्राष्ट्रिय मार्सल आर्टस् महासंघको बैठकमा नेपालका तर्फबाट एनएमएमजीसीका प्रमुख सल्लाहकार राजकुमार थापाले सहभागिता जनाएका थिए । उक्त बैठकले वर्ल्ड च्याम्पियनसिप नेपालमा आयोजना गर्न स्वीकृति दिएको हो ।

सन् २०१९ मा आयोजना हुने वर्ल्ड च्याम्पियनसिपका व्यवस्थापनका लागि नेपाल राष्ट्रिय मार्सल आर्टस् गेम्स महासंघले एक हजार एक सय मूल आयोजक समिति गठन गरेको छ । यसैगरी तयारी तथा व्यवस्थापनका लागि सचिवालय पनि गठन गरिएको छ । राजकुमार थापाको संयोजकत्वमा १५ सदस्यीय सचिवालय गठन गरिएको छ । वर्ल्ड च्याम्पियनसिपमा विभिन्न राष्ट्रका चार हजार खेलाडी सहभागी हुने विश्वास गरिएको छ ।