श्रृंखलाले जितिन् मिस वर्ल्डको मल्टिमिडिया अवार्ड

श्रृंखलाले जितिन् मिस वर्ल्डको मल्टिमिडिया अवार्ड


चीनमा जारी मिस वर्ल्ड अन्तरगत मिस नेपाल श्रृंखला खतिवडाले मल्टिमिडिया अवार्ड हात पारेकी छिन् । यससँगै उनको स्थान अन्तिम ३० मा सुरक्षित भएको हो ।

श्रृंखलाले १ सय १९ देशका प्रतिस्पर्धीहरुलाई उछिन्दै सो महत्वपूर्ण अवार्ड जितेकी हुन् । नतिजा सोमबार मात्रै सार्वजनिक भएको हो । नेपालकी प्रतियोगीले यो अवार्ड जितेको पहिलोपटक हो ।

बिभिन्न मल्टिमिडिया प्लेटर्फममा भएको फ्यान फलोइङ र भोटिङलाई हेरेर श्रृंखलालाई विजेता घोषित गरिएको मिस वर्ल्डको आधिकारिक इन्टाग्राम पेजमा जनाइएको छ । मेक्सिको र केन्याका सुन्दरी दोस्रो र तेस्रो स्थानमा छन् ।