प्रसाद चलचित्रमा गीत समेटिएपछि शाही थप चर्चामा

प्रसाद चलचित्रमा गीत समेटिएपछि शाही थप चर्चामा


धादिङ गजुरीका युवा सर्जक गणेश शाही कर्णप्रिय गीतका कारण अहिले चर्चामा छन् । विगत लामो समयदेखि गीत लेखन र गायनमा पनि सक्रिय रहँदै आएका शाहीले सिर्जना गरेको ‘लै लै…’ बोलको गीत यही मंसिर २१ गतेदेखि प्रसारण हुन लागेको नेपाली कथानक चलचित्र ‘प्रसाद’मा समेटिएपछि उनी अहिले थप चर्चामा आएका हुन् ।

शाहीको शब्द रहेको उक्त गीतमा केतन क्षेत्रीले स्वर दिएका छन् भने सुवास भुसालको संगीत र उदयराज पौडेलले एरेन्ज गरेका छन् ।

प्रसाद चलचित्रमा रहेको उक्त गीतको भ्युअर्स नै चलचित्र बजारमा नआई आधा करोड नाघिसकेको छ । आफूले रचना गरेको यो गीत राम्रो हुनेमा विश्वस्त रहे पनि यो उचाइसम्म पुग्ला भनेर आफूले नसोचेको शाही बताउँछन् । शाही चलचित्रको स्क्रिप्ट लेखन कार्यमा पनि दख्खल राख्छन् । दुई फिल्ममा सहायक निर्देशकको अनुभव लिइसकेका शाही ‘प्रसाद’ फिल्मका सहायक निर्देशक पनि हुन् ।