यसरी भुइँचालो बोलाउँदै छ राजधानी -बमप्रसाद श्रेष्ठ

यसरी भुइँचालो बोलाउँदै छ राजधानी -बमप्रसाद श्रेष्ठ


भूसंरचना हेर्दा काठमाडौं उपत्यकाको भूगर्भ इतिहास बताउँछ कि आजका फेवा, वेगनास, रूपाताल या रारा दहजस्तै यो उपत्यका पहिले एउटा ठूलो तालको रूपमा थियो । तर, कालान्तरपछि मञ्जुश्रीले चोभारको डाँडो काटेर बागमती नदीलाई महाभारत पहाड पार गराएको इतिहास छ । पहाड काटेर यसको जल सम्पूर्ण रूपमा बगाएपछि यो एउटा स्थलको रूपमा विकसित भयो भने ताल रहेको जमिन लिसाइलो कालो माटोयुक्त हुन पुग्यो । यसलाई वैज्ञानिकहरूले सिल्ट अथवा लोमी सिल्ट नाम दिएका छन् जो अति मलिलो हुन्छ । त्यही माटो आज यस उपत्यकामा मौजुद भएकोले यहाँ अन्नबालीहरू, सागपात राम्रोसँग फस्टाउँछन् । त्यही ग्रेभलरहित कमलो र कालोमाटोमा बस्ती बस्दै-बस्दै आएर आज काठमाडौं, पाटन र भक्तपुरजस्ता ठूला सहर निर्माण भएका छन् ।
मोफसल अर्थात् उपत्यकाबाहिरको बदलिँदो परिस्थितिका कारण पनि आज दिनदिनै जीउधनको असुरक्षा बढ्दै गएको छ । काठमाडौं उपत्यका नेपालको राजधानी भएकोले यहाँ बाहिरभन्दा केही सुरक्षा भएको महसुस गरी दिन-प्रतिदिन उपत्यकाबाहिरका र्सवसाधारणले धमाधम जमिन किनी घर निर्माण गरेर जीविका गर्न सुरु गरे । किनकि, मान्छे एकछाक राम्रोसँग खान पाउन र एक न्रि्रा राम्रोसँग सुत्न पाउन खोज्छ, अहिलेको नेपालको परिप्रेक्ष्यमा यो उपत्यकामा मात्र उपलब्ध छ । यसै कारणले आज ठूला-ठूला एपार्टमेन्ट कोलोनीकै रूपमा च्याउ उम्रिएसरह यही कमजोर माटोमाथि खडा भइरहेका छन् । केवल घरहरू मात्र खडा भए त यो माटो कमजोर देखिए पनि दह्रै छ, यदि यो माटोलाई थाम्ने कुनै तरल होस् अथवा चट्टान वस्तुलाई कसैले नबिच्काए त घरहरूलाई थाम्न पूर्ण सक्षम नै छ, तर यदि ती पदार्थहरू जसले यो कमजोर माटोलाई भरथेग गरी थामेको छ त्यसलाई बिच्काई हटाउने प्रयत्न गरे कालान्तरमा यो भास्सिन जाने निश्चित छ । यदि यसरी भास्सिएमा त्यसमाथि अवस्थित कुनै पनि वस्तु, विशेषगरी घरहरू अवश्य पनि माटोसँगै भास्सिएर जाने हुँदा यहाँको माटोलाई थाम्ने या टेवा दिने वस्तुहरूलाई कुनै हालतमा विचलित गराउन हुँदैन । तर, आजका च्याउ उम्रिएसरहका एपार्टमेन्ट कोलोनीमा एउटा मात्र नभई सयौं -पन्ध्र, बीस, पच्चीस तले) घरहरूसमेत थुप्रै साना घरहरू निर्माण भइरहेका छन् । यो एपार्टमेन्ट निर्माणले केही बेरोजगारी हल गरेको छ भने सिमेन्ट, छड, बालुवा रोडाको खपत भई व्यापरमा वृद्धि नभएको पनि होइन, तर आजको उपत्यकाको जल्दोबल्दो खानेपानी समस्याले काकाकुलको परिस्थितको सिर्जना गरेको छ । प्रत्येक चोकमा आजभोलि हरेक चार दिनमा धाराबाट पानी आउने गरेको प्रत्येक उपत्यकावासीलाई थाहा भएकै कुरा हो । तर, यस्तो हाहाकार भएको बखत ती एपार्टमेन्टहरू जहाँ सयौं परिवारहरू बस्छन् त्यहाँ के खानेपानी संस्थानले ४/६ इञ्चको पाइपमा पानी दिन सम्भव होला – यो बिल्कुलै सम्भव छैन । यदि छ भने खानेपानी संस्थाले र्सवसाधारणलाई बेइमानी गरेको पक्कै र्ठहछ । किनकि, र्सवसाधारणलाई चार दिनमा आधा इञ्च पाइपमा पानी दिने र व्यापार गर्नेलाईचाहिँ ४/६ इञ्चको पानी दिन पक्कै पनि केही बेइमानी नगरी नगरी सम्भव छैन । अनि तेत्रो ठूलो पाइपको पानी उपलब्ध नभए यत्रो यत्रो ठूलठूलो एपार्टमेन्टहरूमा पानीको अभाव भए एपार्टमेन्ट नै बिक्री हुँदैनन् तर यी एपार्टमेन्टहरूले छताछुल्ल पानी दिइरहेको कारण बिक्री पनि धमाधम भइरहेछन् । त्यो कसरी – त्यो कसरी भने यी एपार्टमेन्टहरूले ठूलो-ठूलो पाइपमा अन्डरग्राउन्ड बोरिङ गरेर अन्डरग्राउन्ड पानी निकालेर सुलभ तरिकाले वितरण गरिरहेछन् । यसरी आफ्नो खर्चमा अन्डरग्राउन्ड पानी निकाली वितरण गरेकामा र्सवसाधारणले टाउको दुखाउने काम होइन भन्ने कुरा आउन सक्छ । तर, परेको पानी बाढीको रूपमा नदीनालाबाट बगेर जाने जमिनभित्र पस्न नपाउने अनि अलिअलि अन्डरग्राउन्डमा रहेको पानी -जसले यो कमजोर माटोलाई माथितिर ठेलिरहेछ या थेगिरहेछ) लाई बोरिङ गरी प्रचुर मात्रामा पानी निकाली वितरण गरिन्छ भने भोलि के होला – कुन पानीले यी कमजोर सतहलाई टेवा देला – त्यसकारण तत्काल नभए पनि समय बित्दै जाँदा अन्डरग्राउन्ड वाटर सकिँदै जान्छ र जमिन भासिन्छ । त्यस्तोबेला यो उपत्यका सम्पूर्ण एकै साथ नभए पनि खण्ड-खण्ड रूपमा भासिँदै जान्छ जसमा निर्माण भएका व्यक्तिगत घरहरू अथवा एपार्टमेन्ट बनाइएका सामूहिक घरहरू पनि भासिन्छन् । यहाँ व्यक्तिगत या छुट्टै बनेका घरहरूभन्दा एपार्टभेन्ट बनेका कोलोनीहरू च्ााँडै भासिने खतरा छ, किनकि कोलोनीमा बनेका सयौं घरहरूको बोझ र बेग्लाबेग्लै बनेका एकल घरहरूको बोझ एकै किसिमको हुँदैन ।
ठूलो भुइँचाला आउने क्रम अब काठमाडौं उपत्यकाको हुने छ भनी भर्ूगर्भविद्हरूले सचेत गराउँदै आएका छन् । त्यो त प्राकृतिक तवरले आउने भुइँचालो हो । यदि त्यो नआइकनै यो एपार्टमेन्ट कोलोनी निर्माण गर्ने कामलाई निरन्तरता दिने हो भने यसै पनि जमिन भास्सिई भुइँचालो पक्कै आउँछ । जसरी रुसमा अन्डरग्राउन्ड वाटरको अभावमा पूरै सहर भास्सिएका थिए । अतः नक्सा पास गर्ने सम्बन्धित नगरपालिका, महानगरपालिका अथवा उपमहानगरपालिकाले एपार्टमेन्ट कोलोनीहरूमा हाल भइरहेका बोरिङबाट पानी निकाल्ने कार्य तुरुन्तै बन्द गर्नुपर्छ र भविष्यमा निर्माण हुने त्यस्ता कोलोनीलाई बोरिङ नगरी पानी उपलब्ध गराउन सक्ने भए मात्र नक्सा पास गरिदिने व्यवस्था अपनाउनुपर्छ । बोरिङ नगरी पानी उपलब्ध गराउन कसरी सकिन्छ – भन्दा रेनवाटर हार्भेस्टिङ ९च्बष्ल ध्बतभच जबचखभकतष्लन० मार्फत उपत्यकाको पानी सुलभ तरिकाले उपलब्ध गराएमा त्यो रेनवाटर हार्भेस्टिङ गर्दा जम्मा गरी ताल बनाएको पानीबाट खानेपानी मात्र आपूर्ति गर्ने नभई जम्मा भएका कृत्रिम तालहरूबाट पानी जमिनमुनि गई हाल समाप्त हुन लागेको अन्डरग्राउन्ड वाटरमा भर्ताल गरी घर या जमिन भास्सिनबाट जोगाउँछ । मेलम्चीको पानी आउन अझै आठ-दस वर्ष लाग्ने हुँदा उपत्यकाका महानगरपालिकादेखि नगरपालिकासमेतले यो रेनवाटर हार्भेस्टिङ गर्नेतर्फ सोच बनाई तुरुन्तै यर्सतर्फ कदम चाली १/२ वर्षमै अभाव भएको पानी पुर्ताल गर्नेतर्फ योजना बनाई अघि बढ्न अति जरुरी छ । यदि यसमा ढिलाइ गरी मेलम्चीको मुख ताकेमा निकट भविष्यमै अन्डरग्राउन्ड वाटरको अभावमा उपत्यका भास्सिई ठूलो हन्डर खानुपर्नेछ ।
-श्रेष्ठ जलाधर विकास विज्ञ हुनुहुन्छ ।)