प्रजातान्त्रिक समाजवादको आवश्यकता किन ?

प्रजातान्त्रिक समाजवादको आवश्यकता किन ?



– छन्द पहराई

पुँजीवाद, समाजवाद, साम्यवाद र फासिष्टवादजस्ता ‘वाद’हरू अङ्ग्रेजी शब्दमा ‘ism’ लगाएर अर्थ लगाइएको हुन्छ । जस्तै– क्यापिटलिजम, सोसलिजम, कम्युनिजम, फासिजम (Capitalism, Socialism, Communism, Fascism) आदि । विभिन्न वादहरूको बारेमा बुझ्नुभन्दा पहिला ‘वाद’ भनेको के हो भन्नेबारे बुझौँ ।

वाद भन्नाले कुनै विशिष्ट नियम वा सिद्धान्त वा मत हो भनेर बुझिन्छ । जस्तै साम्यवाद, पुँजीवाद, प्रगतिवाद, समाजवाद, भौतिकवाद आदि । यी विभिन्न वादहरू समाजशास्त्र तथा राजनीतिशास्त्रमा प्रयोग भइरहन्छ । हाम्रो समाजमा नागरिक चेतनाको विकास हुन अति आवश्यक छ । युरोपमा १४औँ शताब्दीदेखि करिब १७औँ शताब्दीसम्म पुनर्जागरण क्रान्ति अर्थात् बौद्धिक क्रान्ति भएको थियो । पुनर्जागरण क्रान्तिले कला, साहित्य, धर्म, संस्कृति, भाषा, ज्ञान, विज्ञान, दर्शन आदिमा अभूतपूर्वक प्रगति हासिल गरेका थिए । पुनर्जागरण वा पुनर्उत्थान क्रान्ति इटालीको फ्लोरेन्स शहरबाट सुरु भएको थियो ।

त्यसपछि पुनः औद्योगिक क्रान्ति १७औँ देखि १८४० सम्म हुन गयो । औद्योगिक क्रान्तिको प्रभावको कारण युरोपमा आर्थिक उत्पादनमा वृद्धि, घरेलु उद्योग तथा कलकारखाना विस्तार, पुँजीवादको प्रभाव, व्यावसायिक रूपमा नगर वा शहरको विकास, वर्गीय विभेदहरू, पारिवारिक जीवनमा प्रभाव, वैयक्तिक स्वतन्त्रता सिद्धान्तको विकास र व्यापारमा विस्तार आदि प्रगतिमा फड्को मारेको थियो । यसरी युरोपमा राजनीतिक चेतना सुरु हुँदा नेपालमा नेपाल बाइसे–चौबीसे राज्यमा विभाजित भएको थियो ।

समाजलाई निम्नतम राजनीतिक विचारबारे थाहा हुनुपर्छ । अहिलेसम्म हेर्दा, पढ्दा र बुझ्दा अधिकांश देशहरूमा पुँजीवाद, समाजवाद, साम्यवाद र फासिष्टवादको प्रभाव परेको पाइन्छ । यसमा पनि वर्तमान अवस्थामा प्रजातान्त्रिक समाजवाद (Democratic socialism) वा लोकतान्त्रिक समाजवाद नै महत्वपूर्ण विचारको रूपमा रहेको पाइन्छ । धेरै प्रकारका विचारहरूमध्ये सामाजिक, राजनीतिक, आर्थिक र दार्शनिक विचारहरूको परिभाषा आधुनिक संसारमा जन्मेका छन् । विश्व इतिहास (World history) र समकालीन वा समसामयिक राजनीति (Contemporary politics)लाई महत्वपूर्ण रूपमा सम्झन र बुझ्न आवश्यक छ ।

पुँजीवाद : पुँजीवादी व्यवस्थामा सामाजिक र आर्थिक प्रणालीमा आधारित उत्पादनका साधनहरू व्यक्तिगत रूपमा स्वामित्व हुन्छ । पुँजीवादमा स्वतन्त्र बजार (Free market) प्रणाली हुन्छ भने तिनीहरूको व्यापारमा भएको नाफा पूर्ण रूपमा मालिकको एकलौटी हुन्छ । उत्पादनका साधन (Means of production) भन्नाले खेती गर्ने जमिन, कारखानालगायत अन्य स्रोतहरूमा राज्यको स्वामित्व केही पनि हुँदैन । पुँजीवादका केही विशेषताहरू खासगरी व्यक्तिगत स्वामित्व (private ownership), श्रमिकलाई निश्चित ज्याला, पुँजीको उत्पादनमा मालिकको एकलौटी अधिकार हुन्छ भने प्रतिस्पर्धात्मक बजार (perfect market) र एकाधिकार बजार (monopoly market) पनि पुँजीवादभित्रै पर्दछन् । पुँजीवादको विकास बेलायतबाट शुरु भएको हो । यसलाई सामन्ती व्यवस्थाको स्वरूप मानिन्छ । १८औँ शताब्दीतिर युरोपमा औद्योगिक क्रान्तिपछि पुँजीवादको शुरुवात भएको हो । पुँजीवादको समयमा बालबालिकालाई श्रमिकको रूपमा कज्याउने, आम्दानीमा चरम असमानता, भोकमरीको फैलावट, कारखानाबाट प्रदूषण, जनसङ्ख्याको वृद्धि, श्रमिकको आवासमा अत्यन्तै अव्यवस्थित प्रकारको बसाइका कारणले स्वास्थ्यमा प्रतिकूल प्रभाव आदि उत्पन्न हुन जान्थ्यो । यसका सकारात्मक विषयहरू पनि नभएका होइनन् । पुँजीवादी व्यवस्थाको सुरुवात गराउने वातावरण सबैभन्दा पहिले आदम स्मिथलाई मानिन्छ । आदम स्मिथ (Adam Smith)ले सन् १७७६ अर्थशास्त्रको परिभाषा दिँदै Wealth of Nation भन्ने पुस्तक प्रकाशित गरे । माग र आपूर्ति (Supply or Demand) यिनको सिद्धान्त हो । पुँजीवादी व्यवस्थाको विकल्पको रूपमा समाजवादी व्यवस्थाको सिद्धान्त शुरु भएको हो ।

समाजवाद : जब पुँजीवादी व्यवस्थामा स्वतन्त्र बजार र एकाधिकार बजारको स्थापना भयो त्यसपछि जनताका हरेक विषयमा असमानता पैदा हुँदै गयो । विभिन्न विद्वान्हरूले राज्यको अर्थ व्यवस्थालाई राज्यले हस्तक्षेप गर्नुपर्छ अन्यथा देशको आर्थिक र मौद्रिक नीति (monetary policy) तलमाथि भइरहँदा मलुक टाट पल्टिन सक्छ । जसको प्रभावले नागरिकमा विभेद पैदा भएको कारणले समाजवादको विकास हुन गयो । समाजवाद शब्दलाई सामूहिक छाता (Collective Umbrella) शब्दको रूपमा प्रयोग गरिन्छ । जनतामा सामूहिक अपनत्व (collective Ownership) को महसुस हुन्छ । उत्पादनको साधनमाथि पूर्ण रूपमा राज्यको नियन्त्रण हुन्छ । उत्पादनको साधनहरूलाई समानुपातिक वितरण प्रणाली लागू गराइन्छ । समाजवादले कल्याणकारी राज्य (welfare state) को निर्माण गर्छ । समाजवादमा धनी र गरिबलाई कुनै किसिमको भिन्नता र भेदभाव नगरीबराबर अवसर उपलब्ध हुन्छ । वर्गीय रूपमा कसैलाई पक्षपात हुँदैन । समाजवादी सिद्धान्त लागू भएका देशहरू फ्रान्स, नर्वे, स्वीजरल्यान्ड स्वीडेन, डेनमार्क फिनल्यान्ड आदि हुन्, जसलाई (Nordic country) भनिन्छ । यी राष्ट्रहरूका कलेजमा शिक्षा पूर्णरूपमा निःशुल्क हुन्छ । (१८३० देखि १८६० का दार्शनिकहरूले (Uptopia ideal society) आदर्श सिद्धान्त समाजको व्याख्या वा वर्णन गरेका थिए जसले समाजवादको महसुस गऱ्यो । यसरी १९औँ शताब्दीदेखि समाजवादको शुरुवात भएको मान्न सकिन्छ । समाजवादको विकास पूर्ण रूपमा भयो भने साम्यवादमा पुग्ने चाहना र तरिका पनि पूरा हुन्छ । त्यसकारण साम्यवाद आउनुअघि समाजवाद आउनु जरुरी हुन्छ । आधुनिक राष्ट्र र राज्यमा समाजवादको अवधारणा पुँजीवाद र साम्यवादमा पनि मिसिएको हुन्छ जसलाई मिश्रित अर्थव्यवस्था हुन्छ ।

साम्यवाद : सामाजिक, आर्थिक र राजनीतिक प्रणालीलाई प्रयोग गरी साम्यवादी समाज स्थापना गर्ने उद्देश्य राखिएको हुन्छ । साम्यवादी शासनमा उत्पादनका साधनहरूको स्वामित्व कुनै वर्ग र समाज वा समूहको नभई सिङ्गो राष्ट्र र जनताको स्वामित्वमा हुन्छ । साम्यवादको विशेषता भनेको वर्गरहित र विभेदरहित समाजको निर्माण र स्थापना गर्नु हो । कुनै पनि राज्य वा सरकारबाट जनतामा हस्तक्षेप हुँदैन । मुद्रामा आधारित आर्थिक प्रणालीको स्थापना हँुदैन । साम्यवादी विचार जर्मनका दार्शनिक कार्लमाक्र्सले स्थापना गरेका हुन् । उनको जन्म सन् १८१८ र मृत्यु १८८३ मा भएको हो । उनलाई साम्यवादी दर्शन वा माक्र्सवादको पिता भनेर भनिन्छ । साम्यवादी दर्शनलाई विकास गर्ने क्रममा फ्रेडरिक एङ्गेल्स र कार्लमाक्र्स दुवै मिलेर यो दर्शनको उत्पादन गरेका हुन् । माक्र्सवाद वा साम्यवादी व्यवस्थाका मुख्य–मुख्य बुँदाहरूमा मजदुर सर्वहारा वर्गको शासनको स्थापना र बुर्जुवा पुँजीपति वर्गको अन्त्य गरिन्छ । साम्यवाद भनेको द्वन्द्व, सङ्घर्ष, क्रान्तिबाट सत्ताको निर्माण हुने र मुद्राको आवश्यक नहुने राज्यको स्थापना, वर्गविहीन राज्यको निर्माण, व्यक्तिगत स्वामित्वको अन्त्य हुन्छ । पुँजीवादबाट समाजवाद हँुदै साम्यवादमा प्रवेश गर्ने प्रक्रिया शुरु हुन्छ । साम्यवादी व्यवस्था सन् १९१७ मा लेनिन र स्टालिनले सर्वप्रथम रुसमा अक्टोबर क्रान्तिद्वारा स्थापना गरेका हुन् । मजदुर, सर्वहारावर्गको अधिनायकवाद र किसान वर्गको वर्चस्व स्थापना भएको घोषणा गरियो । सम्पूर्ण पुँजीको राष्ट्रियकरण, उत्पादनका साधनमा सामाजिकीकरण र हरेक कुरामा जनताको स्वामित्व आदि साम्यवादका विशेषताहरू हुन् । ठूलाठूला उद्योगधन्दाहरू सबै राज्यले पुँजीवादीकरण गरेको हुन्छ ।

कृषि उत्पादनदेखि अन्य उत्पादनमा सामूहिकीकरण गर्दा सबैले बराबर काम नगर्ने, कोही मदिरा पिएर बस्ने र ठग्ने प्रवृत्ति बढ्दै गएकोले पनि साम्यवादी व्यवस्था फेल खान पुग्यो । दाल, भात, तरकारी मान्छे सरकारी भन्ने अवधारणाले काम गरेन । आजसम्म कम्युनिज्म राष्ट्र भनेर चिनिने देशहरू क्युवा, लाओस, भियतनाम, उत्तरकोरिया, चीन हुन् भने धेरै देशहरूमा लोप हुदै गइसक्यो ।

कम्युनिज्म फेल हुनुका कारण : विशेषगरी सोभियत सङ्घमा कम्युनिज्मको व्यावहारिक कार्यान्वयन हुन नसक्दा फेल खाएको हो । सन् १९४०–१९५० सम्म विश्वका धेरै देशहरूमा कम्युनिज्म अर्थात् साम्यवादको स्थापना भएको थियो । तर, जति मिहिनेत गरेर श्रम गरे पनि श्रमिकलाई Incentive को कुनै व्यवस्था नभएको कारण साम्यवादी व्यवस्था फेल हुन गयो । कामदारले कम उत्पादन गरे पनि बढी उत्पादन गरे पनि सरकार वा सरकारप्रमुखद्वारा मजदुर तथा श्रमिकको मूल्याङ्कनमा कुनै लेखाजोखा भएन । उत्पादन प्रविधिमा कुनै प्रकारको (Innovations) प्रविधिकरण वा आधुनिकीकरण पनि भएन । कृषि उत्पादनदेखि अन्य उत्पादनमा सामूहिकीकरण गर्दा सबैले बराबर काम नगर्ने, कोही मदिरा पिएर बस्ने र ठग्ने प्रवृत्ति बढ्दै गएकोले पनि साम्यवादी व्यवस्था फेल खान पुग्यो । दाल, भात, तरकारी मान्छे सरकारी भन्ने अवधारणाले काम गरेन । आजसम्म कम्युनिज्म राष्ट्र भनेर चिनिने देशहरू क्युवा, लाओस, भियतनाम, उत्तरकोरिया, चीन हुन् भने धेरै देशहरूमा लोप हुदै गइसक्यो ।

फासिज्म : फासिज्म व्यवस्थामा आर्थिक रूपले माक्र्सवाद पनि मान्दैन, पुँजीवाद पनि मान्दैन, सामूहिकवाद पनि मान्दैन । यो एकप्रकारको तानाशाही व्यवस्था हो । १९२०–३० सम्म जर्मनमा हिटलरको अगुवाइमा नाजी (NAZI) पार्टी स्थापना भयो । इटालीमा मुसोलोनिको अगुवाइमा नेसनल फासिष्ट पार्टी (National Fascist party)को स्थापना भयो । फासिज्म पार्टीले प्रजातान्त्रिक विशेषतालाई मान्दैन । किनकि प्रजातान्त्रिक व्यवस्थामा विभिन्न समस्याहरूको सामना गर्नुपर्ने हुन्छ भन्ने धारणा राख्दछ । यसैले (One party dictatorship) एक पार्टी अधिनायकवादमा विश्वास गर्दछ । राज्य र जनतालाई (Totalitarianism) अधिनायकत्ववादबाट नियन्त्रण गर्दछ । एक मात्र बलियो समाज (Strong society)को कल्पना गरेको छ भने एउटै संस्कार, एउटै समूह, एउटै जातिको सत्ता र संस्कारको स्थापना गर्दछ । फासिज्मले राष्ट्रवादको कडा समर्थन गरेको हुन्छ भने अल्पसङ्ख्यकको कहीँ पनि स्थान हुँदैन । धार्मिकवाद, सैनिकवाद, फासिष्टवाद एउटै एउटै विशेषताका हुन्छन् । यो व्यवास्था अर्जेन्टिना र स्पेनमा पनि थियो ।

प्रजातान्त्रिक समाजवाद : विभिन्न सत्ता र वादहरूको बारेमा सामान्य रूपमा अध्ययन गर्दा पुँजीवादले पनि जनतालाई समानुपातिक न्याय दिन सकेन । त्यसैगरी मात्रै समाजवादले मात्र पनि सन्तुष्टि दिलाउन सकेन भने साम्यवाद र फासिज्मले त समानुपातिक न्याय दिन सक्ने कुरै भएन । हालसम्म विभिन्न देशमा लागू भएको अभ्यासलाई अध्ययन गर्दा प्रजातान्त्रिक समाजवाद (Democratic socialism) जसलाई सामाजिक प्रजातन्त्र पनि भनिन्छ । प्रजातान्त्रिक समाजवादले नै हालसम्म मानवीय सन्तुष्टि दिन सकेको देखिन्छ । पुँजीवाद र समाजवादबीच मध्यमार्गीको रूपमा सामाजिक प्रजातन्त्रले काम गर्दछ । पुँजीवादमा नभएको समानता र साम्यवादमा नभएको स्वतन्त्रता प्रजातान्त्रिक समाजवाले पूरा गर्न सक्छ । फ्रान्स, फिनल्यान्ड, नर्वे, स्वीडेन आदि देशहरूमा यो सिद्धान्त प्रयोग भइरहेको छ । अमेरिकाजस्तो पुँजीवादी देश र चीनजस्तो साम्यवादी मुलुकमा पनि Social democracy प्रयोग भइरहेको पाइन्छ । नेपालमा बीपी कोइरालाले पनि समाजवादको परिकल्पना गरेर प्रजातन्त्रबिना समाजवाद हुन सक्दैन भनेर परिभाषा गरेका छन् । प्रजातन्त्रबिनाको समाजवाद मात्रै साम्यवादउन्मुख हुन्छ । बीपीको विचारमा ‘समाजवाद–प्रजातन्त्र.साम्यवाद’ हुन्छ भने ‘साम्यवादंप्रजातन्त्र.समाजवाद‘ हुन्छ भनेर वैज्ञानिक तथा व्यावहारिक व्याख्या गरेका छन् ।

वि.सं. २०१२ मा नेपाली काङ्ग्रेसले प्रजातान्त्रिक समाजवादलाई आफ्नो मूल नीति तथा कार्यक्रम बनाएको हो । हाम्रोजस्तो मुलुकमा तत्कालीन नेकपा मालेका महासचिव क. मदन भण्डारीले जडसूत्रवादी माक्र्सवाद र लेनिनवादको सम्भावना नेपालमा नदेखेर जनताको बहुदलीय जनवाद प्रतिपादन गर्नुभयो र पछि एमालेमा सफल प्रयोग पनि भयो । अहिले विश्वमा प्रजातान्त्रिक समाजवादको सिद्धान्त कालजयी विचार भएको छ । नेपालमा प्रजातान्त्रिक समाजवादको विचार र व्यवहारलाई परिष्कृत गर्दै लैजानुपर्नेमा कतै नेपालको संविधानमा उल्लेखित समाजवादउन्मुखको नाममा वास्तविक लोकतान्त्रिक समाजवादको भावना नमरोस् भन्ने कुरामा आमनागरिक चनाखो हुन जरुरी छ ।

(लेखक नेका महासमिति सदस्य हुन् ।)