बेल्जियम जनसम्पर्क समितिमा विद्रोह, दुई समिति अस्तित्वमा

बेल्जियम जनसम्पर्क समितिमा विद्रोह, दुई समिति अस्तित्वमा


बेल्जियममा नेपाली कांग्रेसको विदेशस्थित संगठन हो जनसम्पर्क समिति। जनसम्पर्क समिति युरोपमा पनि स्थापित छ र डायस्पोराको नेपाली समाजमा यसको जबर्जस्त प्रभाव छ। परोपकार, स्थानीय मुद्धाहरु र सामाजिक सदभाव स्थापित गर्ने सन्दर्भमा यसले धेरै राम्रा काम पनि गरेको छ । यो संगठनभित्र विवादहरु पनि छन् तर अमेरिका र बेल्जियम बाहेक अन्यत्र संगठन टुक्रिएको भने छैन। विवाद चरालाई चारो छरेझैँ सडकमा छर्दै हिँडेको बेल्जियम बाहेक अन्यत्र कमै छ।

बेल्जियममा यो संगठनको संस्कृति नै फुट, विभाजन र वैमनस्यता हो कि जस्तो देखिँदैछ । टिमिक्क मिलेको अघिल्लो सुवास जोशीको कार्यकाल थियो।उनको कार्यकालमा मतभेदहरु छताछुल्ल भएनन्। संगठन एक ढिक्का बनाउन उनि सफल रहे।

त्यो भन्दा अगाडि बीपी प्रतिष्ठानको नाममा एक पक्षले छुट्टै कार्यक्रम गर्दथ्यो भने अर्को पक्ष संस्थापन बनेर छुट्टै ब्यानर लिई कार्यक्रम गथ्र्यो। एउटाको कार्यक्रममा जान अर्कोलाई निषेधप्रायः थियो। सन् २०१३ मार्च २८ तारिक नेकाका प्रवास प्रमुख नेता अर्जुन कुमार जोशीको पहलमा दुवै पक्षको मिलापको सम्झौता भयो। त्यही समयमा जुनको २ तारिकमा संगठनको तेश्रो अधिवेशन गर्ने निर्णय गर्दै गंगाधर गौतमको संयोजकत्वमा अधिवेशन तयारी समिति पनि बनाइयो।

तर त्यतिबेलादेखि भावनात्मक एकताको कसम खाएका दुई समुह अहिले पुनः फुटेर संगठन विघटन तिर लगेको आरोप जनसम्पर्क समितिका सुभेच्छुकहरुको छ । सांगठनिक कारवाहीका श्रृंखला चलिरहेको छ। यस्तो लाग्छ यो कारवाहीको लहर अब रोकिँदैन। ठुला संगठनभित्रको फुटले अविच्छिन्न कटुताको बिजारोपण गरेको भन्दै समाजका अगुवा लगायत सबै चिन्तित देखिन्छन्। बेल्जियममा कांग्रेसी किचलोको समाप्ति र पुनः भावनात्मक एकताको उदघोष होला कि नहोला ? अहिले सबैको चासोको विषय बनेको छ। त्यही सन्दर्भमा जनसम्पर्क समितिका महामन्त्री तथा हाल जनसम्पर्क समितिबाट विद्रोह गरी नवनिर्मित जनसम्पर्क समिति बेल्जियम विद्रोही पक्षको नेतृत्व गरेका नेता सुवास गुरुङसँग आपसी मदभेद र विद्रोहको कारणबारे गरिएको कुराकानीको भिडियो-