कूटनीतिक सम्बन्धको ७० वर्ष मनाउन जाकिर हुसेनसँगको सांगीतिक कार्यक्रम

कूटनीतिक सम्बन्धको ७० वर्ष मनाउन जाकिर हुसेनसँगको सांगीतिक कार्यक्रम


विश्वविख्यात तबला–संगीतज्ञ पद्मभूषण उस्ताद जाकिर हुसेनको सांगीतिक कार्यक्रम भारतीय दूतावास काठमाडौंले आज मंगलबार (२०७५ मङ्सिर ११ गते) लैनचौरस्थित दूतावास परिसरमा आयोजना गरेको छ । सो कार्यक्रम सूर्य नेपाल, नेपाल एसबीआई, जेट एयरवेज तथा रेडिसन होटेलसँगको सहकार्यमा भएको हो ।

राजनीतिज्ञ, कलाकार, संगीतकार, साहित्यकार, संचारकर्मी तथा विद्यार्थीलगायत विभिन्न पेशाका हजारभन्दा बढी व्यक्तिले सो कार्यक्रको आनन्द लिएका थिए । कार्यक्रममा तबला उस्ताद जाकिर हुसेनको साथमा आनन्द कृष्णन् (मृदंगम्), साबिर खान (सारंगी), नविन शर्मा (ढोलक) तथा मुजीब ददरकर (साउण्ड इन्जिनियर) थिए ।

उस्ताद जाकिर हुसेन सांगीतिक क्षेत्रका विश्व प्रसिद्ध व्यक्तित्व हुन् । उनको सांगीतिक समूहले यस सांगीतिक प्रस्तुतिलाई साँच्चै नै अविस्मरणीय बनाएको छ । उनले आफ्नो कुद्रती आधुनिक तथा शास्त्रीय तबला बादनमार्फत समस्त दर्शकलाई मन्त्रमुग्ध बनाए र उनको यो प्रस्तुतिलाई काठमाडौंले लामो समय सम्म सम्झीरहने आयोजक पक्षको दाबी छ ।

भारत–नेपाल कूटनीतिक सम्बन्धको ७० वर्ष मनाउन तथा दुवै देशको साझा सांगीतिक विरासतलाई कायम राख्न उस्ताद जाकिर हुसेनसँगको सांगीतिक कार्यक्रम १७ वर्षको लामो अन्तरालपछि आयोजना गरिएको भारतीय दूतावासले जनाएको छ ।