हिन्दी फिल्मका लोकप्रिय गायक मोहम्मद अजीजको निधन

हिन्दी फिल्मका लोकप्रिय गायक मोहम्मद अजीजको निधन


हिन्दी सिनेमाका लोकप्रिय गायक मोहम्मद अजीजको निधन भएको छ । ६४ वर्षका अजीजको आज मंगलबार दिउँसो हर्ट अट्याकका कारण देहान्त भएको हो ।

कलकत्तामा एक कार्यक्रममा सरिक भई मुम्बई फर्केका गायक अजीजलाई मुम्बई एयरपोर्टमा उत्रनेवित्तिकै हृदयाघात भएको बताइएको छ । असजिलो महसुस भएको बताएपछि उनका सवारीचालकले तत्काल स्थानीय नानावती अस्पताल पर्याए पनि चिकित्सकले मृत घोषणा गरिदिएका थिए ।

सन् १९५४ मा पश्चिम बंगालको अशोकनगरमा जन्मेका अजीज विख्यात गायक मोहम्मद रफीका फ्यान थिए । गायनमा भाग्य जमाउन सन् १९९२ मा मुम्बई पुगेका अजीजलाई लामो संघर्षपछि अनु मलिकले अमिताभ बच्चन अभिनित फिल्म मर्दमा टाइटल गीत गाउने अवसर दिलाएका थिए ।

‘मैं मर्द टाँगेवाला’ बोलको गीत हिट भएपछि उनले एकपछि अर्को अवसर पाउँदै गए । ‘मय से मीना से न साकी से…’, ‘लाल दुपट्टा मलमलका…’ लगायत उनका थुप्रै गीत लोकप्रिय छन् । उनले मर्द, आदमी खिलौना है, लव ८६, पापी देवता, जुल्म को जला दुँगा, पत्थर के इन्सान, बीबी हो तो ऐसी, बरसात की रात जस्ता दर्जनौँ हिट फिल्ममा आफ्नो गायन प्रतिभा देखाएका छन् ।