राजनीतिक हस्तक्षेप नै खेलकुदको बाधक

राजनीतिक हस्तक्षेप नै खेलकुदको बाधक


वर्तमान अवस्थामा नेपाली खेलकुदको विकासको कुरा गर्दा नाक खुम्च्याउने अवस्था छ । खेलकुदको विकासको नाममा राष्ट्रिय खेलकुद परिषद्मा एक सय तीन खेलका सङ्घहरू दर्ता भए पनि नेपाली खेलकुद अझ अघोगतितर्फ लागेको छ । प्रत्यक्ष र परोक्ष रूपमा नेपाली खेलकुदसँग कुनै सम्बन्ध नराख्ने खेलका सङ्घहरूको उदयले नेपाली खेलकुदको साखलाई धुमिल्याउने कार्य गरिरहेका छन् । जुन नेपाली खेलकुदका लागि दर्ुभाग्य बनेको छ । राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारीहरूको अदूरदर्शिता र राजनीतिक हस्तक्षेपले गर्दा राखेप नाम मात्रको खेल संस्थाको रूपमा परिणत भएको छ । खेलाडी र पदाधिकारीहरू राजनीतिक प्रभावमा रङ्गिनु साँच्चिकै विडम्बना भएको छ । तर्सथ अहिले खेलकुदको विकासभन्दा व्यक्तिगत स्वार्थ पूरा गर्ने अभीष्टका कारणले खेलकुदको विकासले फड्को मार्न नसकेको प्रस्ट भइसकेको छ । अझ खेलकुदलाई मागिखाने भाँडो बनाउने जमात हाबी हुनु खेलकुदका लागि अर्को दर्ुभाग्य भएको छ ।
नेपालमा खेलकुदको विकास नहुनुमा सरकार प्रमुख रूपमा दोषी देखिएको छ । सरकारले खेलकुदको प्रभावकारिता बुझ्न नसक्नु र गैरजिम्मेवारी रूपमा प्रस्तुत हुनुले खेलकुदको विकासमा तगारो लागेको छ । खेलकुदविज्ञको कार्य राजनीतिक कार्यकर्ताको हातमा सुम्पेर खेलकुदमाथि खेलवाड गरिरहेको छ । टाउकोमा दल्नुपर्ने औषधि जबर्जस्ती नाइटोमा दल्न लगाएर खेलकुदको प्रतिष्ठामाथि प्रश्नचिह्न खडा गरिदिएको छ । अर्को रूपमा भन्नुपर्दा खेलकुदको ‘खे’सम्म नबुझेको राजनीतिक कार्यकर्तालाई खेलकुदको र्सर्वेसर्हा बनाएर खेलकुदलाई घरको न घाटको बनाउनमा कुनै कसर छाडेको छैन । अझ खेलकुदलाई जहिले पनि सौताको व्यवहार गर्दै आएको राज्यले मुलुकमा गणतन्त्र आइसक्दासमेत आफ्नो सोच र रवैयामा कुनै परिवर्तन गरेको छैन । सीमित अर्थात् कर्मचारीलाई तलब खुवाउने मात्र वारि्षक बजेट दिएर खेलकुदप्रति गैरजिम्मेवार रूपमा प्रस्तुत हुँदै आएको कसैबाट छिपेको छैन ।
सरकारप्रति कटाक्ष गर्दै एक चर्चित सङ्घका अध्यक्षले राज्यले स्वस्थ खेलकुदको विकासका लागि कहिल्यै नसोचेको आरोप लगाएका छन् । उनले २१औँ शताब्दीमा पनि सरकारले खेलकुदको वास्तविकता नबुझेको र राजनीतिलाई मात्र सर्वोपरी ठानेको बताएका छन् । कुनै पनि खेलको विकासमा खेल सङ्घको बनोटले निकै असर पार्ने बताउँदै यहाँ कुनै पनि सङ्घ राजनितिबाट अछुतो नरहेको प्रस्ट पार्दै यस्तो अवस्थामा खेलकुदको विकास नहुने ठोकुवा गरेका छन् । अनायासमै सङ्घहरूमा राजनीतिक हस्तक्षेप गरेर खेलकुदलाई राजनीतिक भर्तीकेन्द्रको रूपमा विकास गरेको आरोप लगाएका छन् । उनले राजनीतिक हस्तक्षेप प्राय: खेलकुदका सबै सङ्घहरूमा रहे पनि चर्चित र सफल सङ्घहरूमा बढी रहेको बताएका छन् । यसको कारणको बारेमा पनि स्पष्ट पार्दै उनले नेपाल ओलम्पिक कमिटी, राष्ट्रिय खेलकुद परिषद्, अखिल नेपाल फुटबल सङ्घ र नेपाल क्रिकेट सङ्घ अहिले राजनीतिक दलको आँखामा परेको खुलासा गरेका छन् ।
वास्तविक रूपमा भन्नुपर्दा नेपालका सबैभन्दा चर्चित र विवादमा पर्दै आएका सङ्घ-संस्थाहरू यिनै हुन् भन्दा अतिसयोक्ति नहोला । यीमध्ये कतिपय संस्था आफ्नै व्यक्तिगत कारणले विवादमा आए पनि राजनीतिक हस्तक्षेपले अझ विवादित बन्न पुगेका छन् । अन्य सङ्घहरूमा विवादशून्य रहेको अवस्थामा केही सम्भावना बोकेका सङ्घहरू किन विवाद बढेको होला त्यो गम्भीर र कुतूहलको विषय बने पनि चुरो कुरो भनेको अन्तर्रर्ााट्रयस्तरबाट डलरमा आउने आर्थिक सहयोग नै हो भन्दा फरक नपर्ला । एन्फा होस् या एनओसी, क्रिकेट होस् या राखेप यी सबै आर्थिक स्रोतका केन्द्रबिन्दु भएकाले राजनीतिक दलका कार्यकर्ताले सधैं आँखा गाड्दै आएका छन् । खेलकुद पृष्ठभूमि नभएका तर पार्टीबाट सोझै फोन गर्न लगाई सङ्घका पदाधिकारीको रूपमा भित्रिरहेका राजनीतिक कार्यकर्ताले आफ्नो अनुकूल नभए सङ्घहरूमा भाँडभैलो मच्चाउदै सङ्घलाई विवादमा धकेल्दै आएको कसैबाट छिपेको छैन । राजनीतिक शक्तिको प्रदर्शन गरेर आर्थिक लाभ लिन पल्केका ती कार्यकर्ता अहिले खेलकुदको विकासको प्रमुख बाधक पनि बनिरहेका छन् । खेलकुदको विकासका लागि सिन्कोसमेत नभाँच्ने तर खेलकुदलाई विवादको भुमरीमा पार्नलाई अहम् भूमिका निभाइरहेकै कारणले खेलकुद पनि राजनीतिक बन्दी बन्न पुगेको छ ।
खेलकुदको विकासमा राजनीतिक निर्देशनको आवश्यकता चाहिने भए पनि हस्तक्षेप गर्न कदापि मिल्दैन । तर, पञ्चायतकालदेखि गणतन्त्रकालसम्म खेलकुदमा एउटै व्यवस्था लाद्नु विडम्बनाको विषय बनेको छ । मुलुकमा प्रजातन्त्रको उदयसँगै आफ्नो काँचुली फेरिने विश्वास गरेको खेलकुदमा त्यसपछि भएका राजनीतिक हस्तक्षेपका शृङ्खलाले खेलकुदलाई कोमामा पुर्‍याइदिएको छ । अहिले खेलकुद उकुसमुकुसको वातावरणमा छटपटाइरहेको छ । लथालिङ्ग र भताभुङ्गको अवस्थामा गुज्रिरहेको छ । राहत र उद्धारका लागि छटपटाइरहेको छ । र पनि सरकारले कर्केनजरले हेर्ने कोसिससमेत गरेको छैन । खेलकुदलाई बेवारिसे रूपमा त्यसै छोडिएको छ । तर्सथ वर्तमान अवस्थामा खेलकुदप्रति सरकारको नजरमा स्पष्ट हुनु जरुरी भइसकेको छ । सरकारले खेलकुदको विकास राजनीतिक हस्तक्षेपले नभई सिर्जनात्मक र रचनात्मक सहयोगले हुने कुरा बुझ्नुपर्ने भइसकेको छ । त्यसका लागि सरकारले यथाशीघ्र उचित कदम चलाउनुपर्ने आवश्यक भइसकेको छ ।
खेलकुदलाई बद्नाम गर्न र उन्नति हुन नदिन राजनीतिक रूपमा नियुक्ति भएका खेलसँग सम्बन्धित व्यक्ति नै यसको कारकतत्त्व र खलनायक हुन् भन्दा फरक नपर्ला । यी व्यक्तिहरूले सङ्घसंस्थालाई योगदान दिनुपर्नेमा राजनीतिक शक्तिको ध्वाँस देखाउँदै संस्थालाई बनाउनुभन्दा बिगार्दै आएका छन् । यसरी बाँदरको भूमिका निभाउँदै आएका यस्ता व्यक्तिको पहिचान हुनु अहिलेको आवश्यकता भइसकेको छ । सरकारले पनि खेलकुदमा आफ्ना कार्यकर्ता नियुक्ति गर्दा खेलकुद जानेबुझेको व्यक्तिलाई प्राथमिकता दिनुपर्ने देखिएको छ । वर्तमान अवस्थामा सरकारको प्रमुख दायित्व भनेकै स्वस्थ खेलकुदको विकास भएकोले त्यसतर्फ विशेष ध्यान दिनु अपरिहार्य भइसकेको छ ।
यतिबेला मुलुकको राजनीतिक तरल अवस्थाले खेलकुद नराम्रोसँग प्रभावित बन्न पुगेको छ । खेलकुद विगत तीन महिनादेखि पदाधिकारीविहीन बन्न पुगेको छ । कर्मचारीका लागि खेलकुद तलब पकाउने र गफ चुट्ने स्थलको रूपमा परिणत भएको छ । शान्तिप्रक्रिया र संविधान निर्माणका लागि मुलुकमा अर्को राजनीतिक खेल सुरु भएपछि खेलकुदमा अझ अन्योल बढेको छ । मुलुकलाई राजनीतिक जटिलताबाट पार लगाउन प्रधानमन्त्रीको राजीनामा र राष्ट्रिय सहमतिको सरकारको गठन गर्ने राजनीतिक दलहरूको सहमतिले गर्दा खेलकुदको प्रतीक्षाको घडी अझ लम्बिएको छ । हेरौँ ढिलै भए पनि छोरै होस् भन्ने विश्वास पालेको खेलकुदको आशामाथि राष्ट्रिय सरकार कत्तिको खरो उत्रिन्छ ।

चेर्न्नई सुपरकिङलाई उपाधि
इन्डियन प्रिमियर लिगको चौथो संस्करण जितेर चेर्न्नई सुपरकिङले उपाधि रक्षा गरेको छ । चेर्न्नईले फाइनलमा रोयल च्यालेन्जर्स बेंग्लोरलाई पराजित गरेर लगातार दुईपटक उपाधि जित्न सफल भएको हो । चेर्न्नईले आईपीएलको फाइनलमा टस जितेर पहिले ब्याटिङ गरेको थियो । प्रारम्भिक ब्याट्सम्यान मुरली विजय र माइक हसीले उत्कृष्ट शतकीय पारी खेल्दै चेर्न्नईलाई विजयउन्मुख बनाएका थिए । यी दुवै खेलाडीले पहिलो विकेटका लागि एक सय ५९ रनको साझेदारी गरेका थिए । जसमा विजयले विस्फोटक ब्याटिङ गर्दै ५२ बलमा ९५ रन र हसीले अर्धशतक बनाएका थिए । चेर्न्नईले निर्धारित २० ओभरमा कप्तान धोनीको २२ रनसहित दुई सय पाँच रनको विशाल लक्ष्य खडा गरेको थियो ।
विशाल लक्ष्य पाएको बेंग्लोरले आफ्ना प्रभावशाली खेलाडी क्रिस गेललाई पहिलो ओभरमै गुमाएपछि ठूलो झड्का लागेको थियो । यसरी बेंग्लोर निर्धारित ओभरमा आठ विकेट गुमाउँदै एक सय ४७ रनमा खुम्चिएको थियो । आईपीएलको चौथो संस्करणका १२ खेलमा ६ सय आठ रन बनाएका क्रिस गेल म्यान अफ दि सिरिज चुनिए । त्यस्तै कोलकाता नाइड राइडरका इक्वाल अब्दुल्लाले उदीयमान खेलाडीको पुरस्कार पाए भने पञ्जावका पाउल भाल्थाटीले उत्कृष्ट व्यक्तिगत खेलाडीको पुरस्कार पाएका थिए ।

बारि्सलोना च्याम्पियनको च्याम्पियन
स्पेनिस टोली बारि्सलोना युरोपियन च्याम्पियन लिगको उपाधि जित्न सफल भएको छ । बारि्सलोनाले फाइनल भिडन्तमा चिरपरिचित प्रतिद्वन्द्वी इंग्ल्यान्डको म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको थियो । निकै सनसनीपूर्ण रहेको उक्त खेलमा बारि्सलोनाले पहिलो गोल गर्दै म्यानचेस्टरलाई पूर्ण रूपमा दबाबमा राख्दै फाइनल खेल ३-१ को सहज अन्तरले जितेको थियो । सन् १९९२ मा बारि्सलोनाले बेम्बलीमा पहिलोपटक यो प्रतियोगिता जितेको थियो । बार्सर्ााे यो चौथो युरोपियन च्याम्पियन उपाधि हो । त्यस्तै यो बारि्सलोनाको सिजनको दोस्रो ठूलो उपाधि हो । यसै वर्ष बारि्सलोनाले लगातार तीनपटक स्पेनिस लिगको उपाधि जितेर ह्याट्रिक गरेको थियो । वर्षको सबैभन्दा ठूलो प्रतियोगिता हर्ेन दर्शकहरूले कालोबजारीबाट एक टिकटको दुई हजार पाउन्डसमेत तिरेका थिए ।

राकेश स्मृति करातेमा लैनचौर च्याम्पियन
नेपाल कराते महासङ्घ सानोगौचरण शाखा डोजोले आयोजना गरेको दोस्रो राकेश स्मृति उपत्यकाव्यापी कराते तथा किकबक्सिङ प्रतियोगितामा लैनचौर डोजो च्याम्पियन बनेको छ । उक्त प्रतियोगितामा लैनचोर डोजोले ६ स्वर्ण, पाँच रजत र नौ कास्यपदक जितेको थियो । त्यस्तै दोस्रो स्थान हासिल गरेको बौद्ध डोजोले चार स्वर्ण, चार रजत र ६ कास्यपदक जितेको थियो । प्रतियोगितामा नेपाल र भारत गरी ३२ डोजोबाट चार सय ५१ खेलाडीले सहभागिता जनाएका थिए । प्रतियोगिताका विजेतालाई नेपाली काङ्ग्रेसका सभासद् सीता गुरुङ र नेपाल सितोरियो कराते सङ्घका अध्यक्ष केदारबाबु सिवाकोटीले पदक र प्रमाणपत्र वितरण गरेका थिए । । प्रतियोगितामा करातेतर्फ लैनचौर डोजोका नकेश थापा र महिलातर्फ सिर्जना सापकोटा उत्कृष्ट खेलाडी घोषित भए भने किकबक्सिङमा सूक्ष्मा राई र जुनियरतर्फ अनुषा शाक्य उत्कृष्ट खेलाडी बने । करातेका अन्तर्रराट्रय खेलाडी राकेशको चार वर्ष पहिले निधन भएको थियो । उनको स्मृतिमा कराते प्रतियोगिता गरिँदै आएको छ ।
त्यसैगरी सानोगौचरण शाखा डोजोका अध्यक्ष आरबी गुरुङले प्रतियोगितालाई निरन्तरता दिने वाचा गर्दै शाखा डोजोले अबको दिनमा खेलाडी उत्पादन गर्ने लक्ष्य राखेको बताए । सो अवसरमा सितेरियो कराते सङ्घका अध्यक्ष सिवाकोटी, सचिव मजेन्द्र सिंह, कोषाध्यक्ष देवकुमार लामा, पूर्वसेनापति प्यारजंग थापा, एन्फाका कोषाध्यक्ष विराजजंग शाही, प्रिती डङ्गोल, छोरी डङ्गोल, चन्द्रमान लामा, जुरी तथा अन्तर्राट्रय निर्णायक राम लामा, राजेन्द्रकुमार अग्रवाल, विमल आले, कुमार थापा, पत्रकार श्याम चित्रकार र राजेन्द्र चित्रकारलाई सम्मान गरिएको थियो ।