प्रदीप्त पौरख -पाइला छाडेर अस्ताएको घाम

प्रदीप्त पौरख -पाइला छाडेर अस्ताएको घाम


‘प्रदीप नेपाल’ अर्थात् सञ्जय थापा आफैंमा एउटा घनीभूत अस्तित्व, ओजपूर्ण विगत र वर्तमान बोकेको नाम हो । उनी न्यायिक, निर्भीक र सत्यको पक्षमा लागेर कहिल्यै कसैसँग नडग्ने लेखक र राजनीतिज्ञ हुन् । अधिकांशतः लेखन क्षेत्रमा लाग्नेहरू राजनीतिमा अभिरुचि नराख्ने, राजनीतिक सुझबुझ नहुने र राजनीतिमा लाग्नेहरू पनि साहित्य भनेको ‘कानो गोरुलाई औंसी न पूर्र्णोहरू’ हुन्छन् । मूलतः यी दुवै प्रकृति र प्रवृत्ति एक किसिमको मानसिक अपाङ्गता नै हो । राजनीतिमा लाग्नेले साहित्यको मर्म र साहित्यमा लाग्नेले राजनीतिको धर्म र गहिराइ बुझन सके मात्र त्यस्ता व्यक्तित्वहरूले जीवन र जगत्को वास्तविकतालाई छुन, छाम्न र बोध गर्न सक्ने दर्बिलो क्षमता विकसित हुने धरातलीय यथार्थता हो । साहित्यकार एवम् राजनीतिज्ञ प्रदीप नेपाल यी दुवै क्षेत्रमा गर्बिलो व्यक्तित्व हुन् । त्यसैले उनको कथनी र लेखनीमा पुष्ट दायित्व, जिम्मेवारी र कर्तव्यबोध भएको पाइन्छ ।
सतही र आडम्बरयुक्त प्रवृत्तिलाई स्थान दिएका छैनन् उनले । जे भन्नुपर्ने र जसलाई बुझाउन चाहेको हो त्यो वर्गलाई उनी बेजो पुर्‍याएर भन्न खप्पीस छन् । दनक दिनुपर्नेलाई दनक र सुझाव दिएर हुनेलाई खुलस्त र प्रस्ट सुझाव दिन पनि उनी कहिल्यै पछाडि हट्दैनन् । साहित्यकार प्रदीप नेपालका सिर्जनाहरू पढेपछि एक किसिमको प्रस्टता र अवलम्बनीय मार्गदर्शन पाउँछन् पाठकहरूले, केवल लेख्नका लागि लेखिएका र खालीकागज भर्नका लागि मात्र छापिएका हुँदैनन् उनका रचनाहरू । उनका सिर्जनाहरूमा समय, समाज र परिस्थितिजन्य यथार्थतालाई परीक्षाको तराजुमा कसी लगाइएका छन् ।
आख्यान विधाका -१) खुइते कडरिया -२) नओइलाउने फूल -३) पार्टीकी आमा -४) पूर्वतिर -५) बुङ्लाका साँझहरू -६) देउमाईको किनारमा -७) मुक्ति -८) नन्दिता -९) आकाशगंगाको तीरैतीर -१०) २१औं शताब्दीकी सुम्निमा -१०) दुर्गा हजुरमाको भूत -११) अनौठो प्रेमकथा -१३) स्वप्निल सहरसमेत तेह्रवठा उपन्यास नेपाली साहित्य भण्डारले प्राप्त गरिसकेको छ । त्यस्तै कथातर्फ -१) परोकार यात्रा -२) धरहराको सहर -३) कथाभित्रका नारी अनुहार -४) सर्ुर्जेमान कथा शृङ्खला -तीन भागमा) -५) बाघमारेको लालसलाम -६) बेचिएका चेलीहरू र -७) फेवाको सुस्केरा -प्रकाशसोन्मुख) रहेको देखिन्छ ।
त्यस्तै साहित्यकार प्रदीप नेपालका नियात्रासङ्ग्रह पनि थुपै्र प्रकाशित भइसकेका छन् । -१) मुक्त आकाशको खोजी -चार भागमा) -२) अमेरिकी बास-मातृभूमिको सम्झना -३) बाल्यकालीन संस्मरण -४) नेपालको जङ्गल -५) इलामको तारा -६) परदेशमा देश -प्रकाशोन्मुख) समेत आधा दर्जन नियात्रासङ्ग्रहद्वारा भाषा-साहित्यलाई अविष्मरणीय गुन र देन दिइसकेका छन् । साहित्यकार प्रदीप नेपाल अविश्रान्त र्सजक हुन् । राष्ट्र र समाजमा भएका व्यापक विकृति र विसङ्गतिहरूका प्रति उनले न्यायिक र निर्भीक वाण प्रहार गरेका छन् । राजनीतिका सम्बन्धमा पनि उनको स्पष्ट अवधारणा छ । किनकि ‘मामाकी घोडी मेरी हिही’ गरेर उनी यो धरालतमा आएका होइनन् । आफ्नै लगानी, साङ्गठनिक कार्यकुशलता, देशको वास्तविक वस्तुस्थिति, सामाजिक चालचलन, भाषा, साहित्य, कला, संस्कृति, नेपालमा बसोवास गर्ने विभिन्न जातजातिहरूकाबीचको सम्बन्धलगायतका भू-धरातलीय अन्तरसम्बन्धका बारेमा उनले नजिकबाट बोध गरेका छन् । त्यसैले गर्दा उनका सिर्जनाहरूमा पनि बौद्धिक प्रखरता र परिपक्वपन छ ।
‘पाइला छाडेर अस्ताएको घाम’ साहित्यकार नेपालको हालसालै प्रकाशित भएको कृति हो । यस कृतिले पनि पाठकहरूलाई एक किसिमको मोहनीमुग्ध र चुम्बकीय स्वाद छाडेको छ । सत्यलाई जस्ताको तस्तै बुझने आँट विरलै साहित्य श्रष्टामा हुन्छ । त्यही गुण प्रदीप नेपालमा प्रचुर र दर्बिलो भएर हुर्किर्को प्रस्ट अनुभूत गर्न सकिन्छ । उनको अर्को पाटो राजनीति पनि हो र आफ्नो धरातलका उनी कुशल सङ्गठक हुन् । जहाँ गएर जे बने पनि उनले आफ्नो जीवनको मूल अंश साहित्यलाई नै माने र सिर्जनामै रमाइरहे । जसको परिणाम उनको लेखनीमा एक किसिमको प्रवाह र प्रभावकारीपन प्रखर भएको छ ।
उनी र्सवत्र जडताको विरुद्धमा छन्, निरन्तरता, गतिमयता र उदारताको पक्षमा छन् । यसमा लेखक स्पष्ट छन्, माओवादी भाइहरू सिद्धान्तको जति चर्को बहस गर्छन्, त्यति नै नराम्ररी तिनीहरू अमार्क्सवादी भइरहेको हुन्छन् । मार्क्सवाद जीवनको दर्शन हो । जीवनको दर्शन भन्नेबित्तिकै त्यो मृत्युविरोध दर्शन हो । मानिसलाई मारेर विचार मर्दैन, संहारले क्रान्ति पनि निम्त्याउँदैन । परिवर्तनका लागि जनताका लागि जनताको परिचालनको अर्को कुनै विकल्प हुँदैन । चाहे बन्दुके लडाइँ होस्, चाहे शान्तिपूर्ण जनआन्दोलन, दुवै क्षेत्रमा जनताको व्यापक परिचालन नै अनिवार्य हुन्छ । जनता संलग्न नभएको माओवादी युद्धलाई मार्क्सवादी इतिहासमा कतै ‘जनयुद्ध’ भनिएको छैन । साहित्यकार एवम् राजनीतिज्ञ प्रदीप नेपाललाई विश्वास छ- अतीतका क्रियाकलाप, त्याग, सङ्घर्ष र निष्ठामा आधारित थिए, आजका बढी अराजक र उद्दण्ड छन् । राजनीतिबाट अर्थिइँदै गएर साहित्यमा पुगेको वादलाई सम्झेर उनी युगजीवी कथाको नाम रमेश विकलमा लेख्छन्- यो प्रगतिशीलता अप्रगतिशीलताले पनि एकपल्ट बेस्सरी खेद्यो रमेश विकललाई । साहित्यको सर्न्दर्भमा यो प्रगति र अगति बेकारको कुरा हो भन्ने ठहर हो । त्यसैले यो बहस पनि बेकारको कुरा थियो । नेपाली पाठकले स्वीकार्नुपर्छ- साहित्यले वर्गका बारेमा लेख्छ, तर ‘साहित्यको कुनै वर्ग हुँदैन ।’
यस्ता सूक्तिमय वाक्य र प्रभावशाली विचार प्रवाह भएका छन् ‘पाइला छाडेर अस्ताएको घाम’भित्र । यो कृतिको पठनले असङ्ख्य चेतनाका बन्द ढोकाहरूलाई खोलिदिएका छन् लेखकले । विशेषगरी भोलिका युग हाँक्ने आजका सम्पूर्ण युवाले एकपल्ट अनिवार्य रूपमा पढ्नैपर्ने कृति हो यो ।
यस्तो उपयोगी कृति प्रकाशनमा ल्याएर रत्न पुस्तक भण्डारले आफनो प्रकाशनलाई गुणस्तरको सिँढी चढाएको छ । पुस्तक प्रकाशन भनेको माटोपुला होइन । यसले मान्छेको मनमस्तिष्कमा हलचल र तरङ्ग मात्र नभएर समाज रूपान्तरणमा समेत महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । आफ्नो व्यावसायिक दायित्व र धर्मलाई पनि निर्वाह गर्नुपर्ने भएकाले पनि रत्न पुस्तक भण्डारका यस्ता उच्चस्तरीय कृतिहरूले राष्ट्र र समाजलाई घनीभूत योगदान र सेवा गर्दै आइरहेको छ । ‘पाइला छाडेर अस्ताएको घाम’का लागि रत्न पुस्तक भण्डारलाई साधुवाद भन्नैपर्छ ।
‘उत्तरी भारतीयजनमा नेपालीप्रति प्रेम छ, नेपाललाई उनीहरू पुन्यभूमि ठान्छन् र यो दर्शनीय भूमिप्रति उनीहरूको समेत ठूलो आस्था छ । हरेक धार्मिक भारतीयको मनमा बराहक्षेत्रको बास हुन्छ । देवीदेवताको दर्शनमा भारतवर्ष जाने यात्रीलाई भारतीय भक्तले भन्दछन्- सब से वडा है बराहभक्त तिमीहरू मूल देवताको दर्शन लत्याएर किन प्रतिकृतिको पछाडि दौडिरहेका छौ ?’ सृष्टिको शिर नेपालप्रति विश्वका जनमानसको यति ठूलो सम्मान पाएको छ । तर, हामी नेपाली स्वयम् आफ्नो देशको गुणवत्ता र महत्त्वप्रति बेखबर छौँ । आफ्नो राष्ट्रलाई सम्मान, इज्जत र प्रतिष्ठापूर्ण बनाउने दायित्व र जिम्मेवारी सम्पूर्ण नागरिकहरूको समेत हो भन्ने कर्तव्यबोध यो कृतिले सबैलाई गराएको छ ।
साहित्यकार प्रदीप नेपाल जे बोल्छन् त्यही गर्ने र जे गर्छन् त्यही लेख्न रुचाउने स्पष्टवादी स्रष्टा भएकाले पनि उनका कृतिमा बेग्लै किसिमको स्वाभाविकता छचल्किएको छ । देशको ऐतिहासिक झलक, प्रकृति-पर्यावरण, ऐतिहासिक गौरव, राजनीतिक प्रयास र बेइमानी, सामाजिक मनोविश्लेषणलगायतका बहुविध ज्ञान सम्प्रेषण गर्ने पठनीय कृति हो ‘पाइला छाडेर अस्ताएको घाम’ । यसलाई प्रदीप नेपालको प्रदीप्त पौरख मान्न सकिन्छ । -रामेश्वर राउत मातृदास

पाप ईश्वरलाई लाग्छ -इन्द्रकुमार श्रेष्ठ
चोर पनि सज्जन कहलिएको छ
डाँकु पनि इमानदार जनिएको छ
ज्यानमारा त अझ महात्मा भनिएको छ
कहिल्यै कसैले सजाय पाउँदैन
ग्रहदशाको पालै आउँदैन
चोरको ठूलोठूलो स्वर छ
डाँकुलाई कसैको डर न भर छ
ज्यानमारा खुकुरी उध्याइरहेछ
सधैंभरि माथिको माथि
निर्धा-निमुखालाई धर्धरी रुवाउँदा पनि
सधैंभरि उनी नै जातीको जाती
न त उसलाई कहिल्यै रोगै लाग्छ
न त उसलाई कहिल्यै दुःखै पर्छ
गर्ने बेलामा उही नै
मनपरी-मनपरी गर्छ ।

भगवान् !
के तिमीलाई पनि चोरदेखि डर लागेको हो ?
के तिमीलाई पनि डाँकुदेखि त्रास जागेको हो ?
कि ज्यानमाराले आफूलाई पनि मार्छ भन्ने लागेको हो ?
त्यही भएर तिमी अदृश्य रूपमा भागेको हो ?
त्यसो हो भने
हृदयमा विशाल आक्रोश जाग्छ
अनि म भन्छु
सारा पाप त इश्वर !
तिमीलाई नै लाग्छ
– कमलाकुञ्ज, ओखलढुङ्गा