तपाईंको यो साता (राशिफल, ५-११ मंसिर ०७५)

तपाईंको यो साता (राशिफल, ५-११ मंसिर ०७५)


ज्यो.पं. नारायणप्रसाद दुलाल

मेष
सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । वैदेशिक यात्राको योग बन्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेकोछ । परीक्षा आदि प्रतिस्पर्धामा उर्तिण हुनसकिने छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । यो साताका लागि शुभअङ्क ५,९ र शुभरङ्ग सेतो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व बगलामुखीको दर्शनगरी कार्य आरम्भ गर्नाले अधिक सफलता हात पर्नेछ ।

वृष
मनमा निरासा र शरीरमा आलस्य आउला । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । राजनैतिक कार्यमा बाधा आउनेछ । साताको अन्त्यबाट विभिन्न कार्यक्रममा नेतृत्वदायक भूमिका निर्वाह गर्न पाइनेछ । टाढा रहेका साथीभाइहरूसँग मनोरञ्जक भेटघाट हुनेछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । यो साताका लागि शुभअङ्क १,३ र शुभरङ्ग घ्यूरङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गर्नाले सफलता हात पर्नेछ ।

मिथुन
वैदेशिक वा कूटनीतिक नियोगको काम अघी बढ्नेछ । प्रेम प्रस्तावसमेत प्राप्त हुनसक्छ । साथै अकस्मात धन सम्पत्ति हात पर्नेछ । साताको अन्त्यमा कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला । आर्थिक क्षेत्रमा सङ्कट आउला । यो साताका लागि शुभअङ्क ३,६ र शुभरङ्ग रातो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको दर्शनगरी कार्य आरम्भ गर्नाले अधिक सफलता मिल्नेछ ।

कर्कट
यो हप्ताका दिनहरूमा मा सहजता महसुस होला । दैनिक कार्यमा प्रगति हुनेछ । सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । अरूलाई प्रभावित पारेर काम बनाउन सकिनेछ । सहयोगीहरूले काममा साथ दिनेछन् । बन्धु बान्धव बाट विशेष सहयोग मिल्नेछ । पढाइमा प्रगति हुनेछ । यो साताका लागि शुभअङ्क २,९ र शुभरङ्ग सेतो वा पहेंलो हो । कुनै शुभकर्म गर्नु अघि विष्णुजीको आरधना गरी यात्रा गर्नाले सफलता मिल्नेछ ।

सिंह
राज्यबाट मान सम्मान पाइनेछ । आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको समय नै रहनेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । रमणीय र सुखद यात्रा हुनेछ । नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । यो साताका लागि शुभअङ्क १,४ र शुभरङ्ग रातो हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको आरधना गरी यात्रा गर्नाले सफलता मिल्नेछ ।

कन्या
मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । मुद्दा मामिला आइलाग्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । साताको पहिलोदिनबाट जुक्ति तथा बुद्धिको प्रयोगले समस्या सुल्झाउन सकिनेछ भने शुभ कार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनसक्छ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । यो साताका लागि शुभअङ्क १,७ र शुभरङ्ग सेतो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीको स्मरण गर्नाले अधिक सफलता हात पर्नेछ ।

तुला
मनमा भएको तनाव हटेर मन प्रसन्न हुनेछ । घरमा अतिथीको आगमन हुनेछ । मन लोभ्याउने पहिरनले अरूको नजर आफूमाथि पार्नेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । यो साताका लागि शुभअङ्क १,७ र शुभरङ्ग सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

वृश्चिक
स्वजनबाट सहयोग मिल्नेर सुखशान्ति एवम् समृद्धि बढ्ने देखिन्छ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक कार्य अघी बढ्नेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । साझेदारीको कर्यबाट राम्रो प्रतिफल प्राप्त मिल्नेछ । प्रणयसम्बन्ध र रतिराग बढाउने समयपनि रहेको छ । यो साताका लागि शुभअङ्क ३,८ र शुभरङ्ग रातो वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गर्नाले सफलता हात पर्नेछ ।

धनु
लक्ष्मीजीको कृपाको योग परेकोले अर्थलाभ हुनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । परीक्षा आदि प्रतिस्पर्धामा उर्तिण हुनसकिनेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । यो साताका लागि शुभअङ्क १,८ र शुभरङ्ग पहेँलो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

मकर
पारिवारभित्र तथा स्वजन र छिमेकीसँग असमझदारी बढ्नसक्नेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । साताको अन्त्यबाट लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । पुनर्मिलनको योग रहेको छ । नसोचेको ठाउँबाट धनागम हुनेछ । यो साताका लागि शुभअङ्क ३,७ र शुभरङ्ग खौरो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व महालक्ष्मीजीको दर्शनगरी यात्रा गर्दा अधिक लाभ मिल्नेछ ।

कुम्भ
सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुने भएको छ । कतै घुम्न जाने आकस्मिक योजना बन्न सक्छ । कसैकसैको बसाइ सराइ हुनसक्छ । कार्य सम्पादनमा सहजता मिल्नेछ । धार्मिक कार्यमा मन लगाउँदा राम्रो हुनेछ । दाम्पत्य जीवनमा केही रमाइलो गर्ने अवस्था आउन सक्छ । यो साताका लागि शुभअङ्क ६,९ र शुभरङ्ग निलो हो । कुनै शुभकर्म गर्नु पूर्व गणेशजीको ध्यान गरी आरम्भ गर्दा अधिक लाभ हुनेछ ।

मीन
शुभकार्यको चर्चा चल्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । मनमा भएको तनाव हटेर मन प्रसन्न हुनेछ । भने लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । राज्यबाट मान सम्मान पाइनेछ । साताको अन्त्यमा मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउनेछ । यो साताका लागि शुभअङ्क ३,६ र शुभरङ्ग गुलाबी वा सुन्तलारङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गर्नाले अधिक सफलता हात पर्नेछ ।