गायक योञ्जनको ट्र्याक्टर दुर्घटनामा मृत्यु

गायक योञ्जनको ट्र्याक्टर दुर्घटनामा मृत्यु


‘पुरानो माया’जस्तो लोकप्रिय सेलो गीत गाएर चर्चामा आएका गायक अमृत लामा योञ्जनको ट्र्याक्टर दुर्घटनामा परी मृत्यु भएको छ ।

आज बिहान करिब ९ बजे दोलखा, बिगु गाउँपालिका–३ बुलुङमा लु.३त ९७२३ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा त्यसमा सवार सोही स्थानका ४४ वर्षीय योञ्जनको मृत्यु भएको हो ।

भिरमुनि गाउँबाट ढुंगा लोड गरी पछाडि जाने क्रममा ट्र्याक्टर सडकभन्दा करिब ३२ फिट तल खसेको इलाका प्रहरी कार्यलय सिँगटीका प्रहरी निरीक्षक नरेशराज मल्लले जानकारी दिए । योञ्जनको शव परीक्षणका लागि सदरमुकाम चरिकोट पठाइएको छ ।