ट्रयाक्टर चालक र सहचालकको मृत्यु

ट्रयाक्टर चालक र सहचालकको मृत्यु


दमक–रवि सडकअन्तर्गत इलामको माङसेबुङ–३ स्थित भञ्ज्याङ खण्डमा गएराति भएको ट्रयाक्टर दुर्घटनामा परेर चालकसहित दुईजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा इलाम, माङसेबुङ गाउँपालिका–३ का २८ वर्षीय नवीन कुरुम्बाङ र सहचालक धनकुटा जिल्ला चौबिसे गाउँपालिका–८ घर भएका २२ वर्षीय गोकुल लिम्बू रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

दुर्घटनामा परेर गम्भीर भएका दुवैको दमकस्थित लाइफलाइन अस्पतालमा शुक्रबार बिहान उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक खगेन्द्र एक्तेनले बताए ।

पाँचथरको रविबाट दमकतर्फ आउँदै गरेको अदुवा बोकेको मे.१त ८०२५ नम्बरको ट्रयाक्टर दुर्घटना भएको थियो । राति १२ बजेतिर भएको दुर्घटनाबाट मालबाहक ट्रयाक्टर सडकदेखि १५० फिट तल खसेको थियो ।