युथ फिटनेस तथा क्यालिस्थेनिक्स प्रतियोगिता शनिबार

युथ फिटनेस तथा क्यालिस्थेनिक्स प्रतियोगिता शनिबार


नेपाली युथहरूको तन्दुरुस्तीसँग सम्बन्धित युरोप र अमेरिकामा प्रचलित तथा नेपालमा नौलो प्रतियोगिता नेपाली युथ फिटनेस तथा क्यालिस्थेनिक्स प्रतियोगिता कात्तिक ३१ गत शनिबार हुने भएको छ । नेपाली युथ फिटनेस एन्डको आयोजनामा हुने प्रतियोगिताहरू तन्दुरुस्तीका लागि गरिने सैनिक तालिम तथा जिम्न्यास्टिकमा जस्तै बारमा खेल खेलिनेछ ।

स्ट्रंगेस्ट टुगेदर फर द लभ अफ वर्कआउट भन्ने नाराका साथ आयोजना गर्न लागिएको प्रतियोगितामा ७२ तन्दुरुस्त खेलाडीको सहभागिता रहने प्रतियोगितामा बार वर्कआउटतर्फ खुलामा स्ट्रिक्ट पुल अपस विद ट्याप, बार डिप्स, टोज् टु बार र मसल्स अप विद बार पेस रहेका छन् ।

यस्तै सर्किट वर्कवाउट (पुरुष महिला) तर्फ टायर फ्लिप (१०० केजी), बक्स जम्प (२४ इन्च), पुस प्रेस १२.५ केजी डमवेल), पिस्टल स्क्वाट्स र पुरुषका लागि फारमर्स क्यारी (२० लिटर जार) तथा महिलाका लागि फारमर्स क्यारी (१५ लिटर जार) को प्रतिस्पर्धा गराइनेछ ।

प्रतियोगितामा बारमा उच्च तीन स्थान प्राप्त गर्नेलाई नगद २०, १० र ५ हजार तथा सर्किटमा शीर्ष तीन स्थान हात पार्नेले नगद १०, ६, ४ हजारसहित मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकका अध्यक्ष सुकदेव कार्कीले जनाएका छन् ।

मंसिर १ गते हुने प्रतियोगिता क्यालिस्थेनिक्स पार्क, शान्ति नगर बौद्धमा बिहान ९ बजेदेखि हुने आयोजकले जनाएका छन् ।