भ्याली पब्लिक कप बास्केटबल सुरु

भ्याली पब्लिक कप बास्केटबल सुरु


भ्याली पब्लिक कप १३औँ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता कात्तिक ३० गते शुक्रबारदेखि शुरु भएको छ । गल्फुटारस्थित भ्याली पब्लिक माध्यमिक विद्यालयका प्रशासन प्रमुख महेश अधिकारीले प्रतियोगिताबारे जानकारी गराएका हुन । पत्रकार सम्मेलनका प्रमुख अतिथि भ्याली पब्लिक स्कुलका अन्तर्राष्ट्रिय सल्लाहकार बेलायतनिवासी ब्रिगेडियर एसएमए ली ओबिईले विद्यालयले खेलकुद प्रतियोगिता गरेकोमा प्रशंसा गर्दै खेलकुदको माध्यमबाट विश्व एक भएको धारणा व्यक्त गरे ।

अधिकारीले विद्यालय खेलकुद विकासको मेरुदण्ड भएकोले राज्यले विद्यालय खेलकुदलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । लिगकम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा छात्रतर्फ २४ तथा छात्रातर्फ १६ टिमको सहभागिता रहेको आयोजकले पत्रकार सम्मेलनमा जानकारी गराए ।

पत्रकार सम्मेलनमा विद्यालयका अध्यक्ष मेजर लिलबहादुर गुरुङले शिक्षा र खेलकुदलाई सँगसँगै अगाडि बढाउनुपर्ने आवश्यकता रहेकाले भ्याली पब्लिक स्कुलले फुटबल, बास्केटबल, टेबलटेनिस र एथलेटिक्समा प्रतियोगिता सञ्चालन गरिरहेको जानकारी गराए ।

कात्तिक ३० देखि मङ्सिर ७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको अनुमानित बजेट ३ लाख रहेको छ । पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक पूर्ण न्यौपानेलगायतको उपस्थिति रहेको थियो ।