अष्ट्रेलियामा पनि ‘छक्का पन्जा-३’ को नयाँ रेकर्ड

अष्ट्रेलियामा पनि ‘छक्का पन्जा-३’ को नयाँ रेकर्ड


राजन घिमिरे, अष्ट्रेलिया

चलचित्र छक्का पन्जा-३ ले अमेरिकामा प्रदर्शनको नयाँ इतिहास लेखेको चर्चा सेलाउन नपाउँदै अष्ट्रेलियामा पनि हालसम्म यहाँ प्रदर्शन भएका नेपाली चलचित्रमध्ये सर्वाधिक प्रदर्शन भएर रेकर्ड राखेको छ । यस क्रममा आगामी सोमबार विशेष प्रदर्शनसहित यस चलचित्रको १७औँ शो हुने भएको छ ।

सोमबार सिड्नीको हर्सभिलमा रहेको सिभिक थिएटरमा छक्का पञ्जा ३ को रेड कार्पेट शो हुने भएको छ । उक्त विशेष शोमा सहभागी हुन चलचित्रका कलाकारहरू दिपकराज गिरी, दीपाश्री निरौला र अनुराग कुँवर सिड्नी आउने भएका छन् भने उनीहरुलाई आइतबार रगडेलको रेड क्याप्सिकनमा आयोजना हुने मिट एण्ड ग्रिट कार्यक्रममा पनि सिड्नीवासी नेपालीले भलाकुसारी गर्न सक्ने छन्।

रगडेल ब्वायज र कमेरो इभेन्टसले अष्ट्रेलिया भित्र्याएको चलचित्र छक्का पन्जा-३ लाई सिड्नीमा ओयशिस एजुकेशनले प्रस्तुत गरेको हो ।