मनाङको मौसमी उपहार

मनाङको मौसमी उपहार


स्याउ हिमाली जिल्ला मनाङको मौसमी उपहार हो । हिमालको चिसो मौसममा फलेको स्याउ निकै रसिलो र स्वादिलो पनि हुन्छ । यहाँका किसानले यसलाई बारीमा सजाएका छन्, पर्यटकको मन लोभ्याएका छन् ।

अन्नपूर्ण पदमार्गमा निस्किएका स्वदेशी तथा विदेशी पर्यटकहरु स्याउसँग रमाउने गर्दछन् ।

हिजोआज विदेशी स्याउका बिरुवा पनि मनाङ पुगेका छन् । तिनले फल पनि दिएका छन् । तर मनाङको चिसो हावापानीमा फलेको रैथाने स्याउ मनाङको चिनारी भएको यहाँका किसान बताउँछन् । तर विदेशी स्याउमा मनाङको मौलिकता भने भेटिदैन् ।