अमेरिका विद्यार्थी पठाउनेमा नेपाल १०औँ स्थानमा

अमेरिका विद्यार्थी पठाउनेमा नेपाल १०औँ स्थानमा


उच्च शिक्षा अध्ययनका लागि संयुक्त राज्य अमेरिका जाने नेपाली विद्यार्थीको संख्या यो वर्ष पनि बढेको एक अध्ययन प्रतिवेदनले देखाएको छ ।

अन्तर्राष्ट्रिय शैक्षिक आदानप्रदानसम्बन्धी ओपन डोर्स प्रतिवेदनले बितेका तीन वर्षयता अमेरिका पढ्न जाने नेपाली विद्यार्थीको संख्यामा १५.३ प्रतिशतले वृद्धि भएको जनाएको हो ।

‘लगातार तीन वर्षदेखि अमेरिका अध्ययनार्थ जाने नेपाली विद्यार्थी बढेका छन् जुन अहिले १३ हजार २७० पुगेको छ । अमेरिका विद्यार्थी पठाउने पच्चीस देशमा रहेको नेपाल अहिले १०औँ स्थानमा उक्लिएको छ,’ प्रतिवेदनमा भनिएको छ । प्रतिवेदनअनुसार अमेरिकामा उच्च शिक्षा अध्ययन गर्ने विदेशी विद्यार्थीको संख्या १० लाख नाघेको छ ।