श्रीलंकाली संसदमा सांसदहरूबीच कुटाकुट

श्रीलंकाली संसदमा सांसदहरूबीच कुटाकुट


श्रीलंकाको संसदमा प्रधानमन्त्री महिन्दा राजापाक्षेसमर्थक र विरोधी सांसदहरूबीच कुटाकुट भएको छ ।

बिहीबारको संसद बैठकमा उनीहरूबीच कुटाकुट भएको हो । संसदले ध्वनिमतको आधारमा प्रधानमन्त्री महिन्दा राजापाक्षेविरुद्ध अविश्वास प्रस्ताव पारित गरेपछि विरोधमा राजापाक्षेसमर्थक सांसदले नाराबाजी गर्दै सभामुखलाई आक्रमण गर्न थालेपछि कुटाकुट भएको हो ।

बैठकमा राजापाक्षेले आफूलाई ध्वनिमतको आधारमा हटाउने अधिकार सभामुखलाई नभएको बताएका थिए । सभामुख कारु जैसूर्याले मुलुकमा अहिले प्रधानमन्त्री नरहेको बताए । राजापाक्षेका विरोधी सांसदले सभामुख कारु जैसूर्यालाई घेरेर सुरक्षा दिएका थिए ।

गत महिना सिरिसेनाले अचानक विक्रमासिंघेलाई हटाएर पूर्वराष्ट्रपति राजापाक्षेलाई प्रधानमन्त्री नियुक्त गरेपछि श्रीलंका राजनीतिक संकटमा फसेको छ ।