धर्नामा रहेका निर्मला पन्तका बुबा बिरामी

धर्नामा रहेका निर्मला पन्तका बुबा बिरामी


बलात्कारपछि हत्या गरिएकी छोरीको न्यायका लागि धर्ना बसेका निर्मला पन्तका बुबा यज्ञराज बिरामी परेका छन् । कञ्चनपुरको जिल्ला प्रशासन कार्यालयको गेटअघि पाँच दिनदेखि धर्नामा रहेका पन्त चिसोका कारण बिरामी परेको बताइएको छ ।

बिहीबार महाकाली अञ्चल अस्पतालका चिकित्सकको टोलीले धर्ना स्थलमै पन्तको स्वास्थ्य परीक्षण गरेको थियो । स्वास्थ्यकर्मीहरूका अनुसार पन्तको छातीमा संक्रमण देखिनुका साथै उनलाई ज्वरो पनि आएको छ ।

११३ दिनअघि अर्थात् साउन ११ गते बलात्कारपछि हत्या गरेको अवस्थामा निर्मलाको शव उखुबारीमा भेटिएको थियो । उनको हत्यारा अहिलेसम्म पत्ता लाग्न नसकेकोले हत्यारा पत्ता लगाउन दबाब दिन पन्त धर्ना बसेका हुन् ।

तस्बिर रासस