गाउँपालिकाद्वारा छात्रालाई सेनेटरी प्याड वितरण

गाउँपालिकाद्वारा छात्रालाई सेनेटरी प्याड वितरण


पूर्वखोला गाउँपालिका पाल्पाले विद्यालयका छात्राहरूलाई सेनेटरी प्याड वितरण गरेको छ ।

छात्रा महिनावारी भएका समय विद्यालय नआउने र बीचमै विद्यालय छाड्ने दरलाई कम गर्न सेनेटरी प्याड वितरण गरिएको हो । गाउँपालिकाको ७५ प्रतिशत र विद्यालयको २५ प्रतिशत अनुदानमा सेनेटरी प्याड वितरण गरिएको छ । गाउँपालिकाभित्रका सात मावि र आठ आधारभूत विद्यालयमा ७२ प्याक सेनेटरी प्याड वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

महिनावारी भएका बखत छात्रा विद्यालय नजाने, बीचमै कक्षा छाड्ने दर बढ्न थालेपछि गाउँपालिकाले विद्यालयमा सेनेटरी प्याड वितरण गरेको गाउँपालिकाका अध्यक्ष नूनबहादुरले बताए । विद्यालयमा वितरण गरिएको सेनेटरी प्याड महिला शिक्षकसँग छात्राले सम्पर्क राखी प्रयोग गर्ने व्यवस्था मिलाइएको छ ।