सडकबाट जिप खस्दा चालकको मृत्यु

सडकबाट जिप खस्दा चालकको मृत्यु


बाजुराको बूढीगंगा नगरपालिकाको–२ बल्देमा मार्तडी आउँदै गरेको से.१ज ५४३ नम्बरको जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा त्रिवेणी–४ तोलीका ३५ वर्षीय धनबहादुर साउद रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिं भाटले जानकारी दिए । दुर्घटनामा परेका यात्रुमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरी प्रमुख भाटले बताए । दुर्घटनामा परी गम्भीर घाइतेमध्ये चालकका छोरा २२ वर्षीय नवराज साउद र कुम्भ रावत रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

सोही नगरपालिका–१ कुँडीमा भारतबाट आएकालाई पु¥याएर कुँडीबाट मार्तडी आउने क्रममा जिप दुर्घटना भएको हो । जिप सडकभन्दा करिब पाँच सय मिटर तल खसेको प्रहरीको भनाइ छ ।