रुसको कामचत्कामा ६.५ म्याग्निच्युडको भूकम्प

रुसको कामचत्कामा ६.५ म्याग्निच्युडको भूकम्प


रसियाको सुदूरपूर्वी कामचत्का प्रायद्वीपमा ६ दशमलव ५ म्याग्निच्युडको भूकम्प गएको रुसी भौगर्भिक सेवाले जनाएको छ ।

प्रारम्भिक विवरणअनुसार भूकम्पबाट जनधनको नोक्सान भएको कुनै समाचार प्राप्त भएको छैन ।

भूकम्पको केन्द्रबिन्दु कामचत्काको पूर्वी तटीय क्षेत्रमा रहेको थियो । यो क्षेत्र भूकम्पीय जोखिममा रहेको मानिन्छ । यही क्षेत्रमा एक महिना अघि मात्र ५.७ म्याग्निच्युडको भूकम्प गएको थियो ।