रणवीर र दीपिकालाई कण्डम कम्पनीको बधाई

रणवीर र दीपिकालाई कण्डम कम्पनीको बधाई


बलिउडमा चर्चित जोडीको रूपमा परिचित रणवीर सिंह र दीपिका पादुकोण विवाहबन्धनमा बाँधिएका छन् । इटालीको लेक कोमोमा सम्पन्न विवाह कोङकणी परम्पराअनुसार भएको थियो । उक्त विवाहमा उनीहरूका निकटका साथी र घरपरिवारका सदस्यहरूको मात्र उपस्थिति रहेको थियो ।

विवाह सम्पन्न भएसँगै दीपिका र रणवीरलाई उनीहरूनिकट साथी र शुभचिन्तकहरूले अहिले बधाई तथा शुभकामना दिइरहेका छन् । त्यस्तै बधाई र शुभकामना कण्डम बनाउने कम्पनी ड्युरेक्सले पनि दिएको छ । ड्युरेक्स कम्पनीले आफ्नो कम्पनीको प्याकेटमा रणवीर र दीपिकालाई कण्डम उपलब्ध गराउँदै सुखद जीवनको समेत कामना गरेको छ ।

स्मरण रहोस्, ड्युरेक्स कम्पनीको रणवीर ब्रान्ड एम्बेस्डर हुन् । रणवीरको विवाहपश्चात् कम्पनीले यसरी आफूहरूलाई बधाई दिएपछि रणवीरले आफूले सधैँ पर्समा कण्डम राख्ने कुरा बताएका छन् । यसभन्दा अघि पनि ड्युरेक्सले विराट कोहली र अनुष्का शर्मा तथा सोनम कपुर र आनन्द आहुजाको विवाहपश्चात् पनि यसरी नै बधाई दिएको थियो ।