सातो कप खेल्न पर्शुराम क्यानडा प्रस्थान

सातो कप खेल्न पर्शुराम क्यानडा प्रस्थान


कराते खेलाडी पर्शुराम बाँस्तोला १९औँ वार्षिक सातो कपमा सहभागी हुन कात्तिक २८ गते बुधबार क्यानडाको भेन्कुभर प्रस्थान गरेका छन् ।

३५ राष्ट्रको सहभागिता रहने प्रतियोगिता नोभेम्बर १७ तारिखमा हुनेछ । उनले एकल कातामा नेपालको चुनौती प्रस्तुत गर्नेछन् । त्यस्तै प्रशिक्षकमा मुकेश बरुवाल रहेका छन् । बरुवाल नोभेम्बर ११ तारिखमै क्यानडा पुगिसकेको पर्शुरामले जनाएका छन् । बरुवाल मकाउबाट क्यानडा गएका हुन् ।

पर्शुरामलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य एवं नेपाल कराते महासंघका अध्यक्ष दावा गुरुङले बुधबारै बिदाइ गरेका हुन् ।