बोको हरामद्वारा १६ किसानको हत्या

बोको हरामद्वारा १६ किसानको हत्या


नाइजेरियाको उत्तरपूर्वी बोर्नो राज्यमा बोको हराम आतङ्ककारी समूहले गरेको आक्रमणमा परी कम्तीमा १६ किसानको मृत्यु भएको छ । घटनामा अन्य दर्जनौँको सङ्ख्यामा किसान बेपत्ता भएका नागरिक सेना र स्थानीय बासिन्दाले जानकारी दिएका छन् ।

नागरिक सेनाको जिहादी समूहसँग भएको झपडमा परी काजाआ र दराआ गाउँमा १५ व्यक्तिको मृत्यु भएको थियो । त्यसैगरी राजधानी मैदुगरीबाट १३ किलोमिटर टाढा रहेको ग्रेमारी गाउँ नजिकै एक किसानको गोली हानी हत्या गरिएको एएफपीले जनाएको छ ।

‘हिजो हाम्रा सदस्यहरूले बोको हराम आतङ्ककारी समूहले हत्या गरिएका १५ जना किसानको शव काजाआ र दराआ गाउँको छिमेकी इलाकाबाट निकालेका थिए’ नागरिक सेनाका नेता इब्राहिम लिमानले भनेका छन् ।

अझै पनि बेपत्ता भएका ३५ व्यक्तिको लगातार खोजी कार्यं जारी रहेको बताइएको छ । मारिएका यी किसानहरू नौ वर्षसम्म जारी इस्लामिक आतङ्ककारी समूहको आतङ्ककारीको कारण विस्थापित भएकाहरू रहेका छन्. ।

नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा बोको हराम आतङ्ककारी समूहले सन् २००९ बाट शुरु गरेको आतङ्कमा परी २७ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । त्यसैगरी १८ लाख व्यक्ति आफ्ना घर गाउँबाट विस्थापित भएका छन् ।