नेआज महासङ्घ (बेल्जियम) अध्यक्षमा बाबुराजा

नेआज महासङ्घ (बेल्जियम) अध्यक्षमा बाबुराजा


नेपाल आदिवासी जनजाति महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा बाबुराजा लामा तामाङ र महासचिवमा नन्दराज घले निर्वाचित भएका छन् ।

बेल्जियमको लुभेनमा भएको दोस्रो अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा मुना राई र उपाध्यक्षमा यमुना रोका मगर, होमबहादुर गुरुङ, डिल्ली सुब्बा र सूर्यनारायण श्रेष्ठ तथा सचिवमा कान्छा शेर्पा चयन भएका छन् भने महासङ्घको सदस्यमा रामा लामा तामाङ, आङ दोर्जी सोनाम शेर्पा, भीम जोशी, सोमनाथ थारु थनेत, लोकराना मगर, विमल सुब्बा, जीवन तमु, विष्णुतारा शेरचनलगायत चयन भएका बताइउको छ । सचिव र कोषाध्यक्ष पछि चयन गरिने पनि जनाइएको छ ।