नेमकिपाका केन्द्रिय सदस्य शाहीको सडक दुर्घटनामा मृत्यु

नेमकिपाका केन्द्रिय सदस्य शाहीको सडक दुर्घटनामा मृत्यु


नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य गोमा शाहीको मृत्यु भएको छ । बाँकेको कोहलपुरमा सडक दुर्घटनामा परी उनको निधन भएको हो ।

कोहलपुर निवासी शाही सवार मोटरसाइकललाई राति पौने ८ बजे कोहलपुरको विद्युतरोड नजिक सडक पार गर्ने क्रममा एक भ्यानले ठक्कर दिँदा उनी घाइते भएपछि कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचारको क्रममो निधन भएको कोहलपुर इलाका प्रहरी कार्यालयले जनाएको छ ।

भे१च १६७२ नंको निजी मालवाहक भ्यानले शाही सवार भे२प ३०२ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक अञ्जिल शाही पनि गम्भीर घाइते भएका छन् । भ्यान चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैबीच बाँकेको पिपरीबाट कोहलपुरतर्फ जाँदै गरेकोे भे१ह ३४७७ नंको अटो रिक्सा दुर्घटना हुँदा बुधबार दिउँसो चालक नारायण पौडेलको मृत्यु भएको छ । पिपरी निवासी पौडेलले चलाएको अटो रिक्सा अनियन्त्रित भई नालामा खसेको थियो । घाइते पौडेलको उपचारको क्रममा मृत्यु भएको उक्त कार्यालयले जनाएको छ ।