स्वास्थ्य मन्त्रालयको निमित्त सचिवमा डा. प्याकुऱ्याल

स्वास्थ्य मन्त्रालयको निमित्त सचिवमा डा. प्याकुऱ्याल


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निमित्त सचिवमा मन्त्रालयका प्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुऱ्याल तोकिएका छन् ।

उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले अर्काे व्यवस्था नभएसम्म १२औं तहका प्रमुख विशेषज्ञ प्याकुऱ्याललाई आर्थिक तथा प्रशासनिक कार्यका निमित्त यही कात्तिक २५ गते सो जिम्मेवारी दिएका हुन् ।

समग्र स्वास्थ्य सुधारका लागि आफूले काम गरिराखेको र आगामी दिनमा पनि जिम्मेवारीअनुसारको काम जारी रहने डा. प्याकुऱ्यालले बताए । संघीय प्रणालीमा स्वास्थ्य क्षेत्रका कर्मचारी समायोजन कसरी गर्ने भन्ने विषयमा मन्त्रालयका तर्फबाट गठित समितिको नेतृत्वसमेत प्याकुऱ्यालले नै गरेका छन् ।

उपेन्द्र यादव उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री बनेपछि स्वास्थ्यसचिव रहेकी डा. पुष्पा चौधरीसँग मन्त्रालयका काममा सम्बन्ध सुमधुर नभएपछि केही समयअघि उनलाई स्वास्थ्यसचिवबाट हटाइएको थियो ।