१३औँ सागको सचिवालयप्रमुखमा खनाल

१३औँ सागको सचिवालयप्रमुखमा खनाल


राष्ट्रिय खेलकुद परिषदले नेपालमा आयोजना हुने १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को सचिवालयप्रमुखमा राखेपका वरिष्ठ अधिकृत कमल खनाललाई जिम्मेवारी दिएको छ । राखेपका सदस्यसचिव केशवकुमार विष्टले सचिवालयप्रमुखको पत्र कात्तिक २७ गते खनाललाई प्रदान गरेका हुन् ।

नेपालमा आयोजना हुने भनिएको १३औँ साग हुने–नहुने कुनै टुंगो नभए पनि १३औँ साग सचिवालयप्रमुखको जिम्मेवारी खनाललाई दिएर राखेपले भविष्यमा जहिले भए पनि १३औँ साग नेपालमा हुने संकेत भने देखाएको छ । यसअघि विगत दुई वर्षदेखि खनालले कुनै जिम्मेवारी पाएका थिएनन् ।