मध्यभोटेकोशीको आइपिओ बुधबारदेखि

मध्यभोटेकोशीको आइपिओ बुधबारदेखि


मध्यभोटेकोशी जलविद्युत कम्पनीले बुधबार देखि पहिलो चरणको आइपिओ निश्कासन गर्ने भएको छ । १ सय २ मेगावाट क्षमताको यो परियोजनाले तीन चरणमा झण्डै ३ अर्ब रुपैयाँ बराबरको शेयर निष्काशन गर्ने तयारी गरेको छ ।

मध्यभोटकोशीका लागि नेपाल धितोपत्र वोर्डले पहिलो चरणमा १ अर्ब ४४ करोड रुपैयाँ बराबरको आइपिओ निश्कासन गर्न स्वीकृत दिएको थियो । सय संगै कम्पनीले कर्मचारी संचयकोषका संचयकर्ताहरु, संस्थापक शेयरधनी संस्थाका कर्मचारी र ऋणदाताका कर्मचारीलाई आइपिओ विक्री गर्न लागेको हो । कम्पनीले तीन चरणमा गरि २ अर्ब ९४ करोड रुपैयाँ बराबरको शेयर विक्री गर्ने तयारी गरेको छ ।

दोस्रो चरणमा आयोजना प्रभावित र तेस्रो चरणमा सर्वसाधारणका लागि शेयर आवेदन खुल्ला हुने छ । १ सय २ मेगावाट क्षमताको यो आयोजनामा चिलिमे जलविद्युत कम्पनीको ३८ प्रतिशत र नेपाल विद्युत प्राधिकरणको १० प्रतिशत लगानी छ ।

सुरुवाती लगानी १५ अर्ब रुपैयाँ रहेको कम्पनी सन २०१९ मा सम्पन्न गर्ने लक्ष्य रहेको छ । आयोजना पुर्णरुपमा संचालनमा आएमा ५४ करोड २० लाख युनिट विद्युत उत्पादन हुने छ । विद्युत विक्रीबाट वार्षिक २ अर्ब ९० करोड भन्दा बढि आम्दानी हुने अनुमान कम्पनीको छ ।