तीन महिनामा १० अर्ब राजस्व संकलन

तीन महिनामा १० अर्ब राजस्व संकलन


विराटनगर भन्सार कार्यालयले आर्थिक वर्ष ०७५–७६ को चालू तीन महिनामा कुल रु. १० अर्ब पाँच करोड २८ लाख ३४ हजार राजस्व संकलन गरेको छ ।

सो अवधिमा कार्यालयले रु. नौ अर्ब ३५ करोड ७० लाख २२ हजार राजश्व संकलन गर्ने लक्ष्य लिएकोमा रु. ६९ करोड ५८ लाख १२ हजार बढी राजस्व संकलन भएको भन्सार प्रमुख निमांस अधिकारीले जानकारी दिए ।

संकलित राजस्वमा भन्सार महसुल रु. चार अर्ब १३ करोड ५८ लाख ५० हजार, मूल्य अभिवृद्धि कर रु. पाँच अर्ब २२ करोड ३८ लाख ३९ हजार र अन्तःशुल्क रु. ६९ करोड ३१ लाख ४५ हजार छन् ।

चालू आवको साउन, भदौ र असोज महिनामा भन्सार महसुल रु. चार अर्ब दुई करोड ७६ लाख ९७ हजार, मूल्य अभिवृद्धि कर रु. तीन अर्ब ९६ करोड सात लाख ५८ हजार र अन्तःशुल्क रु. एक अर्ब ३६ करोड ८५ लाख ६७ हजार संकलन गर्ने लक्ष्य रहेकामा भन्सार महसुल रु. चार अर्ब १३ करोड ६८ लाख ५० हजार, मूल्य अभिवृद्धि कर रु. पाँच अर्ब २२ करोड ३८ लाख ३९ हजार र अन्तःशुल्क रु. ६९ करोड ३१ लाख ४५ हजार राजस्व संकलन भएको भन्सार प्रमुख अधिकारीले जानकारी दिए ।