१४ अंकले बढ्यो नेप्से

१४ अंकले बढ्यो नेप्से


लगातार ओरालो लाग्दै आएको सेयर बजार आज भने थामिएको छ । थामिएको बजार करिब १४ अंकले वृद्धि भएको हो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक १३ दशमलव ९७ बिन्दुले बढेर एक हजार २०७ दशमलव ३१ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ३ दशमलव ३१ बिन्दुले बढेर २५६ दशमलव ८७ बिन्दुमा पुगेको छ ।

नेप्से परिसूचक उल्लेख्य मात्रामा वृद्धि भए पनि कारोबार रकममा भने आशातीत वृद्धि हुन सकेन । कुल १५० कम्पनीको १७ करोड ४१ लाख ५५ हजार ३९० मूल्यमा कारोबार भएको हो । कारोबार भएका नौ उपसमूहमध्ये आज वित्त उपसमूहको मात्रै सेयरको मात्रै घटेको छ । सो उपसमूह शून्य दशमलव २५ बिन्दुले घटेको छ । यस्तै बैंकिङ १४ दशमलव ६९, होटेल ३६ दशमलव ५७, विकास बैंक १२ दशमलव ५९, जलविद्युत् शून्य दशमलव २८, निर्जीवन बिमा ७५ दशमलव १४, अन्य ६ दशमलव ५६, माइक्रोफाइनान्स १० दशमलव ५८ र जीवन बिमा ७७ दशमलव शून्य नौ बिन्दुले बढेको छ ।

बढेको बजारमा उन्नति माइक्रोफाइनान्स, आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था, सप्तकोसी विकास बैंकका सेयरधनीले कमाएका छन् भने एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था, हिमालयन पावर पार्टनर, एभरेस्ट इन्स्यारेन्स कम्पनीका शेयरनीले भने गुमाएका छन् ।